हाईवेका संरचना हटाउन लालबन्दी नगरकाे आग्रह

1.7k Shares

सर्लाहीको लालबन्दी नगरपालिकाले सडक क्षेत्र मिचेर बनाइएका तथा बजारको सौन्दर्य बिगार्ने संरचना हटाउन सात दिनको समय दिएको छ। एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले पूर्वपश्चिम लोकमार्गअन्तर्गत बजार क्षेत्रमा रहेका दायाँ र बायाँ राखिएका ठेला,पसल, स्टल निर्माण सामग्रीलगायत हटाउन भन्दै सुचना जारी गरिएको नगर प्रमुख बासुदेव अधिकारीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार यस्ता संरचनाले दुर्घटना बढाएको तथा बजार क्षेत्र कुरूप भएको कारण हटाउन ७ दिने  सुचना जारी गरिएको बताउनु भयाे। लालबन्दी नगरपालिका वडा नम्वर १, ६, ७ र १७  वडा स्थित पूर्वपश्चिम लाेकमार्ग आसपासमा रहेका संरचना हटाउन नगरपालिकाले आग्रह गरेको प्रमुख  प्रशासकीय अधिकृत कासुदेव तिमल्सिनाले बताउनु भयाे ।
यस्ता संरचना तोकिएको समयभित्र नहटाए स्थानीय प्रहरी प्रशासनको समन्वयमा हटाइने र त्यस कार्यको क्षतिको पूर्ण जवाफदेहिता सम्बन्धित व्यक्ति नै हुने नगरपालिकाले जनाएको छ।

 

सम्बन्धित समाचार