प्रहरी कमिसनको खेलमा पर्दा पीडित र पीडक दुवैलाई समस्या

894 Shares

शंखर पहाडी(गौरब) 
सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगन्जमा माघ १८ गते भएको सवारी दुर्घटनाको विषयमा प्रहरीका कारण सवारी साधन पक्ष पीडित भएका छन् । लालबन्दी नगरपालिका १७, रानिगन्ज डाँडाटोलमा माघ १८ गते वुधबार दिउँसो बोलेरो र मोटरसाईकल एक आपसमा ठोक्किदा एकजनाको ज्यान गएको थियो ।
लालबन्दी नगरपालिका १७, रानिगन्ज डाँडाटोलमा माघ १८ गते वुधबार दिउँसो गाउँको भित्री सडकखण्डमा भएको उक्त दुर्घटनामा लालबन्दी नगरपालिका १७ का अन्दाजी वर्ष  ३३ का राजकुमार महतोको ज्यान गएको प्रहरीले जनाएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका महतोलाई उपचारका लागि लालबन्दी नगरपालिका ६ स्थित लालबन्दी मोडेल अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको थियो ।
उत्तर तर्फबाट गइरहेको प्रदेश–२–०२–००२ प ९२५३ नम्वरको मोटरसाइकल र दक्षिणबाट उत्तर तर्फ आइरहेको मिनरल बार्टर बोकेको प्रदेश २–०३–००१ च ३१२९ नम्वरको बोलेरो पिकअप घुम्तीमा एकआपासमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा संलग्न बोलेरो र त्यसका चालकलाई तत्कालै प्रहरी नियन्त्रणमा लिएको र चालकलाई पुर्व पक्षका लागि जिल्ला कारागार सिन्धुली पठाएको छ । भने बोलेरो साहुले पीडितलाई राज्यले दिने क्षेती पुर्ति वापतको रकम रु ५ लाख दिई सकेको भएपनि प्रहरीले पीडित पक्षलाई बोकेर सवारी साधन छोड्न नचाहेको पाइएको छ ।
सवारी दुर्घटनामा ज्यान गएका महतो परिवारलाई राज्यको नीयमानुसार रु ५ लाख क्षेतीपुर्ति दिई सकेको र दुर्घटनामा संग्लग्न मोटरसाईकल बनाई दिन्छु भन्दा पनि केही स्थानीय राजनैतिक दलका नेता,स्थानीय जनप्रतिनिधिहरु र ईलाका  प्रहरी कार्यालय लालबन्दीको मुद्धा शाखाका असई चन्द्रपुरण चौधरीका कारण पीडित पक्ष मिलापत्र गर्न नआएका बोलेरो धनी बद्री शर्मा(साकार)ले गुनासो गरे ।“हामीले पीडित पक्षलाई राज्यको नीयमानुसार क्षेतीपुर्ती वापतको रु ५ लाख दिईसकेका छौँ । दुर्घटनामा संग्लग्न मोटरसाईकल बनाई दिन्छु भनेका छौँ तर ईलाका प्रहरी कार्यालय लालबन्दीको मुद्धा शाखाका असई चौधरी, केही स्थानीय राजनैतिक दलका नेता र स्थानीय जनप्रतिनिधिहरुका कारण पीडित पक्ष मिला पत्रगर्न नआउँदा आफुहरु काम गरेर खाने मान्छे काम गर्ने सवारी साधन थन्कीएर बस्दा निकै मारमा परेका छौँ ।” बोलेरो धनी शर्माको गुनासो छ ।
“हाम्रो सवारी साधन ईलाका प्रहरी कार्यालय लालबन्दीले अदालतमा पेश समेत गरेको छैन् । हाम्रो सवारी साधन दुर्घटना भएल गतै ईलाका  प्रहरी कार्यालय लालबन्दीको मुद्धा शाखाका असई चौधरीले एक स्थानीयलाई आफुहरुसंग आर्थिक वार्गेनिङ गर्न पठाएका थिए ।हामी विचौलियालाई पैसा खुवाउने काम गर्दैनौँ भन्यौँ,जसका कारण अहिले प्रहरीले नै विभिन्न बाहना बनाउँदै पीडितलाई मिलापत्र गर्न आउन दिएको छैन ।” बोलेरो धनी शर्माले कमलामाई मिडिया प्रा.लिलाई बताए ।
उनले पीडितले पाउनु पर्ने नीयमानुसारको क्षेतीपुर्ती पाईसक्दा दुर्घटनामा संग्लग्न सवारी साधनका चालकलाई पुर्व पक्षका लागि कारागार चलान गरि सक्दा पनि आफ्नो सवारीसाधन प्रहरीले किन रोक्न खोजेको हो । भनी ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्ता राम कार्कीलाई सोध्दा आफुलाई थाहा नभएको र मुद्धा शाखाका असई चौध्रीसंग सम्पर्क गर्न भनेका कारण आफुहरु अलमलमा परेको शर्माले कमलामाई मिडिया प्रा.लिलाई बताए । आफ्नो सवारी साधना रहेका सह चालकलाई प्रहरीले दवाव दिएर गल्ती स्वीकार गर्न लगाएको शर्माको आरोप छ ।
ईलाका  प्रहरी कार्यालय लालबन्दीको मुद्धा शाखाका असई चौधरीले एक स्थानीय मार्फत अन्य घटनाहरुको पनि आर्थिक वार्गेनीङ गर्ने गरेका पाइएको छ । उनले एक स्थानीयलाई प्रयोग गरेर मुद्धा शाखामा आर्थिक चलखेल गर्ने र ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक कार्कीलाई पनि कमिसन दिने गरेका पाइएको हो ।
विगत लामो समय देखि ईलाका प्रहरी कार्यालय लालबन्दीको मुद्धा शाखामा बसेर काम गरि रहेका असई चौधरीको केही दिन पहिला जिल्ला प्रहरी कार्यालय पर्सा सरुवा भएको भएपनि यहाँ आर्थिक चलखेल गर्न पल्कीएका असई चौधरी लालबन्दीनै बसेर कमिसनको खेलमा रमाई रहेका छन् ।

सम्बन्धित समाचार