सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

2k Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संयुक्त सदनमा प्रस्तुत गर्नुभएकाे आगामी वर्षको लागि नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

सांसदहरु दुर्गा पौडेल, प्रेम सुवाल, मिनेन्द्र रिजाल, लक्ष्मणलाल कर्ण र सरिता गिरीले नीति तथा कार्यक्रम संशोधन गर्न माग गरे पनि मङ्गलबार बहुमतले पारित भएको छ ।बहुमतले नीति तथा कार्यक्रम पारित भएकाले यसमा भएका व्यवस्था संशोधन हुने छैनन् । यसकै आधारमा अर्थ मन्त्रालयले बजेट बनाइरहेको छ ।

विभिन्न राजनीतिक दल र नेताहरुले सरकारकाे नीति तथा कार्यक्रम प्रभावकारी नभएकाे भन्दै आलाेचना गर्नै आइरहेका थिए । 

सम्बन्धित समाचार