सुरक्षाकर्मीहरु कै सहयोगमा भन्सार छली,कमिसनमा प्रहरी मस्त

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-७-१ गते   ५२३ पटक हेरिएको

नेपालीहरुको मुख्य चाडपर्व दशैं नजिकिएसँगै छिमेकी देश् भारतसंग खुल्ला सिमाना रहेको मधेश प्रदेश सहित तराईका भु भागका जिल्लाहरुका सिमानाकाहरुबाट व्यापक मात्रामा तस्करी हुने गरेको पाइएको छ ।विशेष गरी मधेश प्रदेशको पुर्वमा सप्तरी देखि पश्चीममा पर्सा सम्मका सिमानाहरुमा सुरक्षाकर्मीहरु कै सहयोगमा दैनिक उपभोग्य सामानहरुदेखि लक्ताकपडा,हार्डवेयर,काजु,चना केराउ,छोकडा,गाई गोरुका,खसि बाख्रा र राँगा भैँसीहरुका साथै सुर्तिजन्य पदार्थहरुका साथै धान समेतको तस्करी हुने गरेको पाइएको हो ।
सिमा सुरक्षा गर्न भन्दै सिमानामा खटाइएका सुरक्षाकर्मीहरु नै असुलीमा लिप्त हुँदा तस्करी न्युनिकरण हुनुको सट्टा झन मौलाएको मधेश प्रदेशबाट भित्रिएको भन्सार छलीको सामान बागमती प्रदेशको सिन्धुली तथा मकवानपुर लगायतका स्थानबाट त्यहाँका सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिए पछि मधेश प्रदेशका जिल्लाहरुमा तस्करी मौलाएको पाइएको हो ।सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले सामान्य आफ्नो घरायसी प्रयोजनाका केही सामान ल्याउने स्थानीयलाई सास्ती दिने गरेका भएपनि माल वाहक सवारी साधनहरुमा लाखौँको सामान भित्रदाँ पनि मौन देखिन्छन् ।भन्सार छली ओसार पसार हुने गरेका कतिपय सामानहरु भन्सार नै गर्न नमिल्ने भएपनि सुरक्षाकर्मीहरुको सहयोगमा ओसार पसार हुने गरेको पाइएको छ ।
सिमा सुरक्षा कार्यालयहरुमा प्रमुख भएर खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी अधिकारीहरुका साथै ती कार्यालयहरुमा रहेका तल्लो दर्जाका सुरक्षाकर्मीहरु पनि आफ्नो संगठनको मर्म,भावना विपरित कमिसन असुलीमा लाग्दा अपराध तथा भन्सार छली न्युनिकरण हुनुको सट्टा झन मौलान थालेको भन्सार गिरावटले देखाएको छ ।भन्सार कार्यालयको राजश्व संलकनको लक्ष्य पुरा नहुँदा भन्सार छली मौलाएको प्रष्ट हुन्छ ।सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रदेश प्रमुख(डिआईजी)देखि मधेश प्रदेशका जिल्लाका प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुखले मातहतका युनिटहरुबाट चर्काे कमिसन असुल्दा सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको असुलीमा मनोवल झन बढेको छ ।
सिमा सुरक्षामा कडाई गरेको भन्दै ढोल पिटेर मुख्य नाका भन्दा बाहिरबाट चर्काे कमिसन असुलेर माल सामान आयात निर्यात भई रहेका धेरै प्रमाणहरु छन् ।बाहिरि परिस्थितिमा कडाई देखाउँदा झन कमिसन बढ्ने भएकाले सुरक्षाकर्मीहरुले यस्तो रणनिति अपनाएका पाइएको छ ।मधेश प्रदेशका झोलो पोकेदेखि ठुला र नामदु तस्करहरुले खुलेआम रुपमा काम गरि रहेका केही व्यापारीहरु नै बताउँछन् ।कुनै जिल्ला प्रहरी प्रमुख र प्रहरी उपरिक्षक कडा भएका ठाउँमा प्रहरी नायव उपरिक्षकहरुले मौकामा चौका हानि रहेका छन् भने कुनै जिल्लामा प्रहरी प्रमुख र प्रहरी उपरिक्षक नै कमिसनमा लाग्दा तस्करहरुलाई थप सहज भएको छ ।
सर्लाहीका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेश राज सुवेदी कमिसन भन्दा बाहिरि हुँदा प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुलाई कमिसन असुलीमा दशैँ भएको छ ।अपराध अनुसन्धान शाखा भन्दै असई मुन्ना पासवनालाई अगाडि देखाएर बरिष्ठ सई अरुण यादवले कमिसन असुली चलाएका छन् ।उनले केही प्रहरी हबल्दार,सहायक हबल्दार र जवानहरुलाई खटाएर अपराध न्युनिकरण तथा चोरी तस्करी न्युनिकरण गर्ने बाहनामा चर्काे कमिसन असुल्ने गरेका छन् ।रौतहटका एक पत्रकारलाई आफ्नो बुबा जस्तो सम्झेर वरिष्ठ सई यादवले मासिक करिब २० लाख रकम असुल्ने गरेका र त्यस मध्य प्रहरी नायव उपरिक्षक पंजियार सहित कार्यालयका केही प्रहरी कर्माचारीहरुलाई मिलाउने र बाँकी रहेको रकमबाट  तीनै रौतहटका एक पत्रकारलाई कमिसन बुझाउने गरेका समेत प्रहरी अधिकारीहरु कै भनाई छ ।
वरिष्ठ सई यादवले आफ्ले चढ्ने गरेको कारको बैँकको किस्ता पनि भन्सार छली गर्ने तस्करलाई नै तिर्न  लगाउने गरेका पाइएको छ ।उनले तीनै पत्रकारलाई मलंगवाका होटलहरुमा मानिनामा २ पटक बोलाउने खुवाउने पियाउने र कमिसन बुझाएर पठाउने गरेका प्रहरी अधिकारी नै बताउँछन् ।त्यसका साथै आफुलाई कमिसन कम बुझाउने प्रहरी कर्माचारीहरुका विरुद्धमा उनै पत्रकारलाई समाचार लेख्न लाउने समेत गरेका पाइएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech