एमाले मलंगवा नगर कमिटिद्धारा लामखुट्टे नियन्त्रण गर्न माग गर्दै नगरपालिकालाई ज्ञापन पत्र

290 Shares

नेकपा(एमाले) मलंगवा नगर कमिटिले मलंगवामा लामखुट्टे नियन्त्रण गर्न माग गरेको छ ।लामखुुट्टे नियन्त्रणका लागि औषधि छिट्न र लामखुट्टेको टोकाइबाट फैलने सक्ने महामारीप्रति गम्भीर बन्न एमाले मलंगवा नगर कमिटीले आईतबार नगरपालिका कार्यालयमा ज्ञापन–पत्र बुझाउँदै माग गरेको एमाले मलंगवा नगर कमिटीका अध्यक्ष गोविन्दप्रसाद साहले जानकारी दिए ।
उनका अनुसार नगरपालिका कार्यालयलाई बुझाएको ज्ञापन–पत्रमा सडक नाला सरसफाईमा ध्यान दिन अनुरोध गरिएको छ।गाउँटोल र नगरको सरसफाई,शिक्षा,कृषि तथा सामाजिक सेवालगायत विभिन्न विकासका योजना अस्तव्यस्त रहेकोप्रति एमाले नगर कमिटीले नगरपालिकालाई ध्यानाकर्षण नगर कमिटि अध्यक्ष साहले बताए ।
एमाले नेताहरुले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीलाई ज्ञापन पत्र बुुझाउँदै पार्टीले उठाएका माग सम्वोधनका लागि तत्काल कदम चाल्न आग्रह गरेका एमालेका युवा नेता समिम बाबु खानले बताए।उनका अनुसार गर्मी बढ्दै जाँदा मलंगवासहित सर्लाहीको बजार क्षेत्रमा अत्यधिक मात्रामा लामखुुट्टे लाग्दा सर्वसाधारण हैरान बनेका छन् ।

सम्बन्धित समाचार