कटुवा पेस्तोल र गोली सहितको वेवारिसे झेला डिस्पोजल

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-२१ गते   ७४ पटक हेरिएको


सर्लाहीको लालबन्दी नगरपालिका ३ जब्दी पुल नजिक नहर छेउमा एकझोलमा वेवारिसे अवस्थामा पेस्तोल फेला परेको छ । लालबन्दी नगरपालिका ३, जब्दी स्थित  बागमती सिंचाई आयोजनाको नहर छेउमा बुधबार   पेस्तोल सहितको वेवारिसे झोला फेला परेको हो ।
   आयोजनाको नहर छेउमा परालको टाल नजिक चेन खुलेको अवस्थामा रहेको  झोलामा नलकटुवा पेस्तोल भेटिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । उक्त  झोला भित्र विद्युतीय तार तथा अन्य पोका जस्तो देखिने सामान समेत रहेको प्रहरीले जानकारी दिएको छ।
    स्थानीयबासीले  बुधबार बिहान नहर छेउको परालको टाल नजिक वेवारिसे अवस्थामा रहेको  शंकाष्पद झोला देखेपछि प्रहरीलाई खबर गरेका ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनु भयो । 
प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर नेपाली सेनाको बम डिस्पोजल  टोली बोलाएर सो शंकाष्पद झोला डिस्पोज गर्दा झोलमा कटुवा पेस्तोल १ थान,गोली १ थान सहित विभिन्न विद्युतिय यन्त्रहरु  फेला परेको प्रहरीले जनाएको छ । शंकाष्पद स्थलमा श्री भैरवी दलवाट सेनानी राजेन्द्र भण्डारी,सशस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्प हरिवनका सशस्त्र प्रहरी नायव उपरिक्षक विकास भुजेल,ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक थापा सहितको टोली खटेको  थियो ।सो वस्तु कसले र किन त्यहाँ वेवारिसे अवस्थामा छाडेको हो भन्ने विषयमा थप अनुसन्धान  सुरु भएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech