सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाको बजार क्षेत्रमा सडक तथा नाला निर्माण कार्य अलपत्र हुँदा स्थानीयलाई सास्ती भएको छ।जिल्ला सदरमुकाम समेत रहेको मलंगवा नगरपालिकालाई सुन्दर र सफा बनाउने परिकल्पना अनुसार बजार क्षेत्रमा दुई तर्फी नालासहितको पक्की सडक निर्माणको काम सुरु भएको भएपनि निर्माण कार्य अलपत्र हुँदा निकै सास्ती भएको स्थानीयले गुनासो गरेका छन् ।
करिब ३ दशक पहिलाकै स्वरुपमा रहेको जिल्लाकै पुरानो नगरपालिकाको बजार तथा सडक कालेपत्रे हुने आशमा बसेका मलंगवाबासी निर्माण कार्य अलपत्र भएपछि पुन निराश नै छन् । बजारका अन्य ठाउँमा सडक निर्माण भई सकेको भएपनि मलंगवा नगरपालिका अगाडि मुख्य बजारको अतिव्यस्त चौक मै सडक निर्माणको काम अलपत्र हुँदा स्थानीयलाई आवत जावतमा निकै समस्या भएको छ ।
सडक निर्माणको लागि भन्दै दुवै तर्फ नाला खन्ने काम भएको भएपनि निर्माण कम्पनी शिभाको ओम गणेशाय जे.भि सप्तरी सम्पर्क विहिन हुँदा सडक तथा नाला निर्माणको काम अलपत्र भएको छ ।समयमै काम सकाउने भनेर सडकको दुवैतर्फ नाला बनाउनको लागि खनिएको र सडक फराकिलो गर्न भत्काइएका घरहरुबाट निस्किएका कंक्रिटका टुक्राहरुको व्यावस्थापन नभएको लगायतका कारण मलंगवा झन कुरुप बन्दै गएको भन्दै स्थानीय बुद्धिजीवीहरुले चिन्ता व्यक्त गरेका छन् ।
उक्त निर्माण कम्पनीले मलंगवामा निर्माण सुरु गरेको स्थानमा सूचना बोर्ड समेत राखेको छैन् भने काम अलपत्र छाडेर हिडेपछि स्थानीय आजित भएका हुन् ।
यता निर्माण कम्पनीका प्रतिनिधि दिपु गुप्तालाई सो विषयमा बुझ्ना फोन गर्दा फोन उठेन ।यता,सुखुवावा,पररीया,नोकैलवा,मोहनगंन्ज,चौलिखा,रामनगरर हरकठवागोठ सम्मका लागि भन्दै निर्माण सुरु भएको ५ किलो मिटर सडकपनि कतै नाला खनेर अलपत्र छ भने कतै माटो थुपारेर अलपत्र पारी निर्माण कम्पनी मौन बसेको छ ।