पत्रकारीताको ११ वर्ष पुरा : एस.पी. गौरब

2.2k Shares

समाचारको मुद्धामा काम गर्ने क्रममा नखाएका ननिदाएका धेरै रात हुन्थे, घरबाट फिल्ड जाने क्रममा घरपरिवार चिन्तीत हुन्थेँ ।
१७ श्रावण २०७६ मा राष्ट्रिय समाचार समिति (रासस) बारामा शंखर पहाडी(गौरब)लाई प्रतिनिधीको जिम्मेवारी सम्हालने अवसर मिल्यो । राष्ट्रिय समाचार समिति (रासस) बाराको प्रतिनिधीको जिम्मेवारीसँगै चुनौती पनि धेरै थपिए ।
त्यसअघि पनि अन्य विभिन्न राष्ट्रिय मिडियाहरुमा जिम्मेवारीमा रहेर काम गरेको भएपनि पहाडीका लागि राष्ट्रिय समाचार समिति (रासस) बारालाई कसरी आलोचनामुक्त बनाउने भन्ने चुनौती सानो थिएन । 
पत्रकार सङ्गठनभित्र हक्की, लिडर र इमानदार अफिसर तथा रिपोर्टरको छवि बनाएका पहाडीले ११ वर्षे पत्रकारीताको क्रममा करिब ६२ वटा जिल्लाको आन्तरीक भ्रमण गर्नुको साथै करिब १० वटा देशको बाह्य भ्रमण समेत गरि सक्नु भएको छ । सो अनुभव राष्ट्रिय समाचार समिति (रासस)का लागि सहयोगी बन्यो ।
कार्यक्रम प्रस्तोता हुदैँ,क्रमागत रुपमा समाचार वाचक,कार्यक्रम प्रमुख,समाचार सहायक,समाचार प्रमुख हुदै स्टेशन मेनेजर समेत भई काम गरि सक्नु भएका पहाडीको पत्रकारीता २०६५ साल पुष २७ गतेबाट सुरु भएको थियो ।
सानै उमेर देखि बोल्न नडराउने उनि परिवारको जेठो छोरो हुन । उनको २ वटा चाहना थियो। एउटा संचारकर्मी बन्ने र अर्काे स्वास्थ्यकर्मी बन्ने,उनि अहिले दुवै बन्न सफल भएका छन । हप्तामा एउटा कार्यक्रम संञ्चालकबाट पत्रकारीता सुरु गरेका पहाडीलाई स्टेशन मेनेजर बन्ने इच्छा पनि थियो । अहिले त्यो पनि पुरा भएको छ । यिनै पहाडीको जीवनका पाटाहरु निगरानी टुडेमा आज
मेरो खाना
दालभात र तरकारी , दही,मासु,अमिलो पिरो गुलियो र चिल्लो मन पर्दैन । होटलको खाना त्यति मन पर्दैन, कहिलेकाहि साथीहरुसंग गएर मःम खान्छु ।
मेरो पोसाक
मलाई पोषाकको मतलब छैन म पुरानो कोट लगाउ नयाँ पुस्तक पढ भन्ने खालको केटा हुँ । पोसाकमा मनपर्ने रङ्ग कालो हो । पहिले चाड पर्वमा मात्र सपिङ गरिन्थ्यो । फेरी मलाई रेडिमेड र ब्रान्डेड पहिरन मन पर्दैन ।
मेरो फिट्नेस
पहिले नियमित ब्याडमिन्टन खेल्ने गर्थे पेशाका कारण सरुवाभई रहने भएका कारण अहिले त्यो परिस्थीती मिलेको छैन । आवश्यकता अनुसार रातभर पनि जागराम बसिन्छ,दिनभर पनि सुतिन्छ । खाने लाउने यस्तै भन्ने छैन जे जस्तो भएपनि हुन्छ ।
मेरो अध्ययन
पहिला देखिनै खासै अध्ययन नगर्ने विद्यार्थी हुँ । झन अहिले समय अभावका कारण अध्ययन गर्न पाएको छैन । म केही मिनेट मात्र किताब पढ्न रुचाउँछु । फुर्सदमा राजनैतिक,तथा पत्रकारीता र सामान्य ज्ञान संग सम्बन्धीत किताबहरु पढ्ने गर्छु । अहिले मेजर अंग्रेजीमा प्लष्ट टु गर्दै छु ।
मेरो घुमफिर
काम नै फिल्डमा हो घुमघाम मन परे नपरे पनि फिल्डमा जानै पर्छ । बाहिर हिडडुल गर्न त्यति मन पर्दैन तर बाध्यता छ । मेरो कामले गर्दा प्रायः फिल्डमै हुन्छु ।
त्यसमा पनि प्राय पाहाडी क्षेत्रमा घुम्न,काम गर्न मन लाग्छ । प्राकृतिक सौन्दर्यले भरिएको देशका विभिन्न भूभाग नियाल्दै पैदल यात्रा गर्न मनपर्छ । देशको करिब ६३ जिल्लाका अधिकांश फिल्डमा काम गरि सकेको छु ।
पहाडीले विदेशका विभिन्न १० देशको भ्रमण गरेका छन । । स्कुल र कलेज पढ्दा म फुटबल र भलिबलको राम्रो खेलाडी थिएँ । पत्रकारीताको क्षेत्रमा आएपछि ब्याडब्यान्टिन र क्रिकेट खेल्न थालेँ । पछिल्लो केही समययता व्यावस्तताको कारण त्यो खेल पनि बन्द भयो ।
स्कुल अध्ययनको समय निकै कष्टपुर्ण थियो । गरीब परिवारको म करिब १ घण्टा ३० मिनेट लगाएर विद्यालय जानु पर्ने बाध्यता थियो । मैले गाउँमा कक्षा ५ सम्म र अलिपर तर घरबाट नै माध्यामिक शिक्षा हासिल गरेँ ।
मेरो चलचित्र
चलचित्रको क्षेत्रमा मलाई खासै मन पर्दैन साथीहरुको आग्रहलाई मान्दा म नेपाली क्रान्तीकारी,फाइट भएका बम,बारुद पडकिने फिल्महरु कोठामै बसेर हेर्छु । पछिल्लो समय हेरेको चलचित्र साहेद,लाल सलाम होला । म सानै देखि अलि छुच्चो थिए । धेरै झगडाहरु पनि गरियो । समाजमा अराजकत्व फैलाउनेहरुलाई निर्मुल पार्नु मेरो उद्देश्य हो । र त्यो समाजलाई असर नपर्ने गरि गुण्डागर्दी गर्न मन लाग्छ । त्यसैले पनि म पत्रकार नभएको भए गुण्डा हुन्थेँ होला सायद
मेरो रोग
भगवानको कृपाले अहिलेसम्म त्यस्तो ठूलो रोग केही छैन । सानैदेखि न्याुमोनियाँ थियो । अहिले साखै केही छैन ।
मेरो भाषाशैली
विद्यार्थी जीवनमा साथीभाइ, आफन्त मलाई रफ बोल्छ भन्थे, गुण्डा हो भन्थ्ये । पत्रकारीतामा आएपछि अनि शिष्ट भईयो आवश्यकता अनुसार शिष्ट, नरम र स्पष्ट बोल्छु जस्तो लाग्छ । अरूले पनि त्यस्तै भाषाशैली प्रयोग गरेको मनपर्छ । मलाई चाकरीबाज मन पर्दैन र म चाकरी गर्दीन पनि ।
मेरो पेसा
पेशागत पत्रकारीता मेरो पेसा हो । २०६५ पौष २७ गते म नेपाी पत्रकारीतामा आबद्ध भएको थिए । अहिले यो यात्रा ११ वर्ष पुरा गरेर १२ वर्षमा प्रवेश गरेको छ र निरन्तर जारी छ । सुरुमा कार्यक्रम सञ्चालकको रूपमा प्रवेश गरेको थिए । अहिले देशका विभिन्न भूभागमा सेवा गर्दै सामुदायिक रेडियो मध्य तराई ९४.४ मेगाहर्ज बाराको स्टेशन मेनेजर तथा नेपाल सरकारको सरकारी पत्रकारीता राष्ट्रिय समाचार समिति(रासस) निजगढ डेटलाईनको जिम्मेवारी पाएको छु । पत्रकारीता सेवामा रहँदा ६३ जिल्ला पुगेँ होला ।
सानोमा मेरो डाक्टर बन्ने इच्छा थियो । जब म कक्षा ५ मा पढ्थेँ तब एक पटक धेरै बिरामी भए अनि स्थानि स्वास्थ्यकर्मीको निजी क्लिनिकमा मेरो उपचार भयो र म बाँचेँ भन्ने भएपछि मलाई पनि मानव सेवामा लाग्ने मन लाग्यो । तब म एसएलसी पास गरेपछि अहेव पढ्न थाले ।
तर पछि पत्रकारहरुको शान त्यसमा पनि ईमान्दार पत्रकारको अभावलाई परिपुर्ती गर्न म पनि पत्रकारीता क्षेत्रमा लागे । सो समयमा म हप्ताको १ वटा कार्यक्रम चलाउथेँ । समस्यामा परेकालाई न्याय दिलाउने काम गर्न प्रसाय गर्थ । त्यसरी पत्रकारीतामा होमिएको मैले आजको दिनसम्म पत्रकार भएकोमा गिल्टी फिल गरेको छैन । पत्रकारीतामा नआएको भए म स्वास्थ्यलाई नै निरन्तरता दिन्थेँ । पत्रकारीता गर्ने क्रममा सोलु एफएममा गएपछि नेपाल सरकारको स्वास्थ्यकर्मी भएर सेवा गर्ने अवसर मिलेको थियो । त्याहा रहँदा दुवै क्षेत्रलाई निरन्तरता दिए । पछि समाचार प्रमुख भएपछि म गोर्खा गएपछि मेरो स्वास्थ्य क्षेत्रको जागीर छुट्यो । पहाडी अहिले प्रेस संगठन नेपाल प्रदेश नम्बर २ को प्रदेश कमिटि सदस्य समेत भएका छन ।
मेरो दुःख
पत्रकारीता क्षेत्रमा भएको कारणले परिवारलाई समय दिन पाइँदैन । परिवारको सधैँ यही गुनासो रहन्छ । पत्रकारीताको सेवामा च्यालेन्जेज धेरै छन् । मैले पत्रकारीता सुरु गरेको केही समयमा जनकपुरमा पत्रकार उमासिंहको हत्या भयो ।
मेरो मापसे
मापसे छुँदै नछुने पनि होइन । रेगुरल पनि खादिनँ । साथीभाइ जुटेको समय कहिले काही मापसे गर्छु । पहिले बियर खान्थेँ । मेरो परिवारमा कसैले मासु पनि खानु हुन्न । म र मेरो श्रीमती मात्र मासु खान्छौँ ।
मेरो गीतसङ्गीत
गीत सङ्गीत सुन्छु । लोकलयमा आधारित आधुनिक गीतसङ्गीत धेरै मनपर्छ । यहाँ देशको चिन्ता तिमी माया माया भन्छौँ , जाग लम्क चम्क हे नौ जवान हो मलाई विशेष मन पर्ने गीतहरु हुन । गीत सङ्गीत कहिलेकाहीँ बेलुका घरमा पनि सुन्छु । प्राय राष्ट्रभक्तिका गीताहरु र क्रान्तीकारी गीतहरु मन पर्छ ।
मेरो सपना
कुनै पनि पेशामा जागिर खाएपछि सङ्गठन प्रमुख हुने सपना सबैको हुन्छ । त्यो ममा पनि छ । त्योभन्दा ठूलो सपना एउटा सफल पत्रकार बन्नु हो । देश र जनताको सेवामा निश्पक्ष रूपमा लागि स्थापित हुने र पहिचान बनाएर सेवाबाट अवकास पाउने चाहना छ । काम गर्ने क्रममा पदिय हैसितको मतलब पनि छैन कहिले सानो त कहिले ठुलो आखिर नागरीकको सेवा नै गर्ने हो ।
आफ्नो जिम्मेवार एरियाभित्र कोही अन्यायमा नपरोस, परिहालेछ भने पीडितलाइृ के सहयोग गर्न सकिन्छ तत्काल सहयोग गर्न सकौँ । महिला, ज्येष्ठ नागरिक, बालबालिका,अपाङ्गको न्यायका लागि छिटो छरितो काम गर्न सकौँ भन्ने लाग्छ ।
मेरो सुख
एउटा रुँदै आएको व्यक्ति, पीडितको न्यायका लागि छिटोभन्दा छिटो सकेको सहयोग गर्न पाएपछि पीडितको अनुहारमा देखिने हाँसो अथवा खुसी त्यो मेरो पनि खुसी हो ।
अन्याय ,अत्याचार,घुसखोर,कालोबजारी, पक्षपातीको शिर निहुरीएको देख्दा त्यो मेरो जीवनको सबैभन्दा ठूलो खुसी हो ।
मेरो प्रेम
विवाहपछि प्रेम पछि बिबाह भयो । जोसँग प्रेम गरे उसैसंग विवाह गरेँ उनलाई प्रेम गरँे । मैले लभलाई अरेन्जमा परिर्वतन गरि अरेन्ज म्यारिज गरेको हो ।
मेरो भूल
भूल नगर्ने मानिस सायदै होलान् । काम गर्ने सिलसिलामा जीवनमा जानी नजानी भूल धेरै भए होलान् । काम गर्ने सिलसिलामा सानातिना भूल हुन्छन् नै । आफूलाई पछुतो हुने खालको भूल केही छैन । पहिले अध्ययनमा मिहिनेत गरिनँ । अरुलाई चाँडैँ विश्वास गरेँ , त्यो भूल भयो ।
मेरो राशि
मेरो धनु राशि हो । ग्रहदशा हेराउने गरेको छैन । किनभने हात हेराउनेमा विश्वास लाग्दैन । मन्दिर जान्छु । पूजा गर्न होइन, दर्शन गर्न देशका लगभग चर्चीत मन्दीरमा पुगिसेको छु ।
तर पीडितको न्यायका लागि छिटोभन्दा छिटो सकेको सहयोग गर्न पाउँ पीडितको अनुहारमा हाँसो अथवा खुसी ल्याउन पाउँ,अन्याय ,अत्याचार,घुसखोर,कालोबजारी, पक्षपातीको भण्डाफोर गर्न पाउँ मन्दीरमा यहि माग्ने गरेको छ ।
मेरो मृत्यु
मृत्यु प्राकृतिक नियम नै हो । यसलाई सहज रूपमा हेरेको छु । मृत्युसँग डर कहिल्यै छैन । जागिरका कारणले मैले मर्न लागेका त्यस्ता केही व्यक्तिलाई पनि काउन्सिलीङ गरेको छु । अरूलाई सम्झाउने म आफै कन्भिन्स नहुने भन्ने कुरै भएन । दुःखमा नपरी कसैले स्याहार्नु नपर्ने गरेर मृत्यु होस् भन्ने चाहना छ ।
अन्त्यामा
मलाई जन्म दिएर यस धर्तीमा ल्याउने ममीबाबा,पत्रकारीता पेशामा आवद्ध हुन प्रेरीत गर्नु हुने कृष्ण अधिकारी दाई,समाचार लेख्न पढ्न सिकाउने पुर्ण प्रसाद न्यौपाने दाई,विभिन्न पदिय हैसियतमा रहेर काम गर्ने अवसर सुजना गरि दिने मिडिया हाउसका सञ्चालकहरु र मिडिया हाउसहरु,पत्रकारीताको क्रममा यात्रामा जोडिनु भएका म भन्दा अग्रह दाजु दिदीहरु तथा सहयात्री साथीहरु, निश्पक्ष समाचार लेखेको भन्दै रिसाउने भ्रष्टाचारी,दलाली,कालोबजारीया,घुसखोरी र भतुवाहरु,माया गर्ने घृणा गर्ने सबैलाई सबैलाई र अन्त्यमा काम गराउन जान्ने तर तलब दिन नजान्ने मिडिया हाउसहरुलाई विशेष सम्झीएको छु ।

सम्बन्धित समाचार