प्रदेश न–२ स्तरीय टि–२० तेस्रो मेयर कप प्रतियोगिता इश्वरपुरमा सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-४ गते   ६९ पटक हेरिएको

प्रदेश न–२ स्तरीय टि–२० तेस्रो मेयर कप प्रतियोगिता इश्वरपुरमा उद्धघाटन गर्नु हुँदै नगर प्रमुख देवकोटा

प्रदेश नं २ स्तरीय तेस्रो  मेयर कप क्रिकेट  प्रतियोगिता सर्लाहीको ईश्वरपुरमा सुरु भएको छ । रु १ लाख धनराशी पुरस्कारको प्रदेश न–२ स्तरीय टि–२० मेयर कप प्रतियोगिता आज(आईतबार)बाट इश्वरपुरमा सुरु भएको हो । 
प्रदेश नं २ का आठै जिल्ला र घरेलु जिल्ला सर्लाहीका २ वटा गरी १० वटा टोलीले प्रतियोगीतामा सहभागीता जनाएका  आयोजकले बताएको छ । १५ दिनसम्म चल्ने  प्रतियोगीताको आयोजना ईश्वरपुर युवा सेवा समाजले गरेको समाजका अध्यक्ष अफताब आलम मिकरानीले जानकारी दिनु भयो । ईश्वरपुर नगरपालिकाको आर्थिक सहयोगमा आयोजना भएको प्रदेश न–२ स्तरीय तेस्रो मेयर कप क्रिकेट  प्रतियोगिताको आज(आइतवार)ईश्वरपुर नगरपालिका स्थित खेल मैदानमा एक समारोहका बीच इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज देवकोटाले उद्घाटन गर्नु भएको हो ।
    आज पहिलो दिन भएको उद्घाटन खेलमा सर्लाहीको सिसौटियालाई हराउँदै  महोत्तरी टिम विजेता बनेको छ । उद्घाटन कार्यक्रममा विशिष्ट अतिथी उप प्रमुख एकावती देवी चौधरी,नगरका सबै वडाका जनप्रतिनिधिहरुको  उपस्थिति रहेको थियो ।  प्रतियोगिताको विजेता टिमले रु १ लाख र उपविजेता टिमले रु ५१ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।प्रतियोगितालाई सफलता बनाउन विभिन्न संघ संस्थाहरुले पनि आर्थिक तथा प्राविधिक सहयोग गरेका समाजका अध्यक्ष मिकरानीले बताउनु भयो ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech