सलेमपुरमा कारकाे ठक्करबाट साईकल यात्री रायकाे मृत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-३१ गते   ६२२ पटक हेरिएको

सर्लाहीको नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत कविलासी नगरपालिका १०  सलेमपुर स्थित चमेलीमाई मन्दिर नजिक कारको ठक्करबाट एक वृद्धको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नमयव उपरीक्षक दिपेन्द्र पंजियारले जानकारी दिए ।
उनका अनुसार कारको ठक्करबाट साइकलमा सवार सलेमपुरका अन्दाजी ६५ वर्षीय सोनेलाल रायको घटनास्थलमै ज्यान गएको हो ।  बा १४ च ९२०० नम्बरको कार र कारका चालक जनकपुर बस्ने अन्दाजी वर्ष ५० का बैधनाथ साह इलाका प्रहरी कार्यालय हरिपुरको नियन्त्रणमा रहेका छन् । 
  सर्लाहीमा केही दिनदेखि दिनहुँ सवारी दुर्घटना भई मानिसको ज्यान गइरहेको छ । विशेषगरी दुर्घटनामा  भारतीय सवारीसाधनहरुको संग्लग्नता बढी देखिएको प्रहरीले जनाएको छ ।  

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech