नगरपालिका संघद्वारा हरिवन नगरपालिका उत्कृष्ट घाेषीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-११-३० गते   ३१६३ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका  विभिन्न विधामा उत्कृष्ट काम गरेबापत पुरस्कृत भएको छ । नेपाल नगरपालिका संघको २९ औँ साधारणसभाको अवसरमा हरिवन नगरपालिकालाई उत्कृष्ट घाेषणा गरि पुरस्कृत गरिएको हाे ।  
 स्थानीय स्रोत परिचालन गरेर स्थानीय आर्थिक विकासकाे काम गरेर हरिवन नगरपालिका उत्कृष्ट घाेषणा भएको नगर प्रमुख गणेश प्रसाद प्रसाईंले बताउनु भयाे ।उहाँका अनुसार नगरपालिका संघले गरेको मुल्यांकनबाट संस्थागत विकासतर्फ उत्कृष्ट काम गरेको भन्दै हरिवन नगरपालिका पुरस्कृत भएको हाे । 
देश भरका सात वटा स्थानिय निकायहरुले उत्कृष्ट काम गरेेका भन्दै नगरपालिका संघले पुरस्कृत गरेकाे छ । जसमा सर्लाहीको हरिवन नगरपालिका, स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिका पुरस्कृत भएका छन् । धादिङको निलकण्ठ नगरपालिका,इलामकाे ईलाम नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र चितवनको राप्ती नगरपालिकालाई उत्कृष्ट घाेषणा गरि पुरस्कृत गरिएको नगरपालिका संघले जनाएको छ । नेपाल नगरपालिका संघले सबै सूचकहरुका आधारमा नगरपालिकालाई प्रतिस्पर्धी आधारमा हरेक वर्ष छनौट गर्ने । पुरस्कृत गर्ने गरेकाे छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट नगरपालिकाका नगर प्रमुखहरुलाई प्रमाणपत्रसहित पुरस्कृत गर्नु भएको  हरिवन नगरपालिकाका नगर प्रमुख  प्रसाईले बताउनु भयाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech