Close This

जिल्लाका ७ स्थानबाट कोरोनाविरुद्धको खोप लगाईने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-२४ गते   २२६६ पटक हेरिएको

कोभिडविरुद्धको खोप ६२ देखि ६४ वर्ष उमेरसमूहलाई पहिलो चरणको खोप दिइने भएको छ । ६२ देखि ६४ वर्ष उमेरसमूहलाई कोरोनाविरुद्धको पहिलो चरणको खोप लगाउने बारे स्वास्थ्य कार्यालय सर्लाहीले एक सुचना जारी गरेको हो ।
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग टेकुमार्फत प्राप्त  पत्रअनुसार खोप वितरण गर्न जिल्लाका ७ स्थान तोकिएका छन्। चिनियाँ भेरोसेल खोप लगाउन जिल्लाबासीले पायक पर्ने ७ स्थानमा जानुपर्ने स्वासथ्य कार्यालयले जनाएको छ ।
साथै कोभिड खोपको दोस्रो मात्रा लगाउन पनि कार्यालयले सूचना जारी गरेको छ । खोप लिन छुटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, यसअघि पहिलोचरणमा लगाएकालाई पनि खोप वितरण गरिने कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिउकोछ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech