गणेश खड्का

सर्लाहीको बामगती नगरापालिकाका दुई वटा विद्यालयहरुमा एम ओपी(म्यासेन्जर अफ पिस) सम्बन्धी ओरेन्टेशन कक्षा सञ्चालन गरिएको छ । बागमतीको महेन्द्र मावि र एलिट इङ्ग्लिस स्कुलका ५१ जना विद्यार्थीहरुलाई एम ओपी(म्यासेन्जर अफ पिस)सम्बन्धी ओरेन्टेशन कक्षा सञ्चालन गरिएको स्काउट बागमती नगर संयोजक एवम प्राथमिक विद्यालय सितापुर बागमती नगरपालिका ६ का प्रधानाध्यापक गणेश बहादुर चौहानले जानकारी दिए ।

उनका अनुसार बागमती नगरपालिकाका महेन्द्र मावि र एलिट इङ्ग्लिस गरी दुई वटा स्काउट एम ओपी(म्यासेन्जर अफ पिस)का विद्यार्थीहरुलाई आरेन्टेशन कक्षा सन्चालन गरिएको हो ।

जसलाइ स्काउटका मधेश प्रदेश एम ओपी(म्यासेन्जर अफ पिस)का कोअर्डिनेटर श्रीदीप पोखरेल र बागमती नगरपालिकाको एम ओपी(म्यासेन्जर अफ पिस)का कोअर्डिनेटर रन्जना मगरातीले नेतृत्व गरेका बागमती नगरपालिकाको शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए ।

कक्षा सञ्चालनमा बागमती नगरपालिकाका स्काण्ट नगर संयोजक चौहान,स्काउटर आरती दाहाल,महेन्द्र मा.वि का प्रद्यानाध्यापक एवम स्काण्टका संरक्षक नवकिरण श्रेष्ठ,स्काउटर प्रेम भण्डारी र एलिट स्कुलका स्काउटर लक्ष्मी पोखरेलको सहभागीता रहेको थियो ।
