सर्लाहीमा स्थानीय निकायको निर्वाचनको लागि ६ हजार १ सय १ जनाको उम्मेदवारी परेको छ ।
बैशाख ३० मा हुने स्थानीय निकायको निर्वाचनमा २० वटा स्थानिय निकायका गरी नगर प्रमुख तथा अध्यक्षमा ३ सय २८ जना, उपप्रमुख तथा उपाध्यक्षमा १ सय ७२ जना, वडा अध्यक्षमा १ हजार ४ सय ८४ जना, सदस्यमा २ हजार ९० जना, महिला सदस्यमा १ हजार ३६ जना र दलित महिला सदस्यमा ९ सय ९१ जना गरी ६ हजार १ सय १ जनाको उम्मेदवारी दर्ता भएको सर्लाहीका मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार पियाले जानकारी दिनुभयो ।
नगर प्रमुख तथा अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य, दलित महिला सदस्य लगायतको पदहरूमा ईश्वरपुर नगरपालिकामा ३ सय ९० जना, चन्द्रनगर गाउँपालिकामा २ सय ६९ जना, बरहथवा नगरपालिकामा ६ सय २४ जना, बागमती नगरपालिकामा २ सय ८ जना, मलंगवा नगरपालिकामा ३ सय ९९ जना, लालबन्दी नगरपालिकामा ४ सय २४ जना, हरिवन नगरपालिकामा २ सय ८७ जना, कविलासी नगरपालिकामा ३ सय १५ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले जानकारी दिनुभयो ।
त्यसैगरी कौडेना गाउँपालिकामा २ सय २६ जना,चक्रघट्टा गाउँपालिकामा २ सय ४३ जना, धनकौल गाउँपालिकामा १ सय ९० जना, पर्सा गाउँपालिकामा २ सय ४१ जना, बलरा नगरपालिकामा ३ सय ९१ जना, बसबरीया गाउँपालिकामा ८४ जना, ब्रह्म्पुरी गाउँपालिकामा २ सय ३० जना, रामनगर गाउँपालिकामा २ सय ६८ जना, विष्णु गाउँपालिकामा २ सय ८६ जना, हरिपुर नगरपालिकामा २ सय ३५ र हरिपुर्वा नगरपालिकामा ३ सय १७ जना को उम्मेदवारी दर्ता भएको छ । सोमवार जिल्लाका २० वटै स्थानीय निकायमा विभिन्न राजनैतिक दलले साँझ अबेर सम्म मनोनयन दर्ता गराएका थिए । जिल्लामा रहेका २० स्थानीय निकायमा ११ नगरपालिका ९ गाउँपालिका र २ सय वटा वडाहरु रहेका छन् ।