सर्लाहीमा नौ महिनामा ३७ जनाको मृत्यु,सवारी दुर्घटनामा न्यूनिकरण तर्फ उन्मुख

564 Shares

पछिल्लो समय सर्लाहीमा सवारी दुर्घटनाबाट मृत्यु हुने मानिसहरुको संख्या घटेको पाइएको छ ।अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षको नौ महिनालाई तुलना गर्दा सर्लाहीमा सवारी दुर्घटनाबाट मृत्यु र गम्भीर घाइते हुने संख्या घटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक रजोस घिमिरेले जानकारी दिए ।
उनका अनुसार सवारी दुर्घटनाको सङ्ख्या सामान्य बढे पनि मृत्यु र गम्भीर घाइते हुने दरमा कमी आएको छ।चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि चैत मसान्तसम्म सर्लाहीमा छ सय २२ वटा सवारी दुर्घटनामा परेर ३७ जनाको मृत्यु,तीन सय ८८ जना गम्भीर घाइते तथा सात सय १३ जना सामान्य घाइते भएका छन् ।अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को यही अवधिमा पाँच सय दुई सवारी दुर्घटनामा परेर ५२ जनाको मृत्यु,चार सय ९० जना गम्भीर घाइते र तीन सय ३७ जना सामान्य घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीको तथ्यांकमा उल्लेख गरीएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले सवारी दुर्घटना न्यूनिकरणका लागि नौ महिनाको अवधिमा एक हजार पाँच सय २० वटा जनचेतनामूलक कार्यक्रम गर्दा ८३ हजार सात सय ८५ जना लाभान्वित भएका छन्।ट्राफिक नियम पालना गराउन र दुर्घटना न्यूनिकरण गर्न“अन द स्पोर्ट अवारनेस प्रोगाम”यान्त्रिक परीक्षण, सवारी चेकजाँच,सडक प्रयोगकर्ता र दुुई पाङ्ग्रे्रे सवारी चालकहरुसँग दुुई मिनेट कार्यक्रम,विद्यार्थीलाई ट्राफिक सचेतना, चालक तथा सह चालकको आँखा परीक्षण र उखु बोकेका सवारीमा टल्कने ब्यानर झुन्ड्याउने साथै ट्राफिक सचेतनामूलक स्टल प्रदर्शनीजस्ता कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक घिमिरेले बताए ।उनका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ट्राफिक नियम उल्लंघन गरी चलाइएका १५ हजार पाँच सय २४ सवारीलाई कारवाही गरी एक करोड ५५ लाख ५७ हजार राजस्व समेत संकलन गरिएको छ।प्रहरी निरिक्षक घिमिरे जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीको प्रमुख भएर आएदेखि उनले राजश्व संकलन भन्दा पनि दिर्घकालीन रुपमा ट्राफिक नीयमको पालना गर्ने गराउने विषयलाई बढी चासो राखेका छन्।जसका कारण जिल्लामा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या तथा सवारी दुर्घटना केही हद सम्म घटेको जानकारहरु बताउँछन् ।
देशभरकै सबै भन्दा धेरै २० वटा स्थानीय तह रहेको सर्लाहीमा ११ वटा ट्राफिक प्रहरी युनिटहरु रहेका  भएपनि आवश्यक जनशक्तिको अभावका कारण ट्राफिक प्रहरीले चाहेजति काम गर्न नसकेको प्रहरी अधिकारीहरु नै बताउँछन् ।उनीहरुका अनुसार छिमेकी देश भारतको विहान प्रान्तमा हेलमेट नलगाई मोटरसाईकल चलाउने पाउने व्यवस्थाले सर्लाहीलाई नकारात्मक प्रभाव पारेको साथै सामान्य विषयमा राजनीतिक दवाव आउँदा काम गर्ने इच्छाशक्ति  भएपनि वातावरण नबन्दा ट्राफिक प्रहरीले चाहेजति काम गर्न नसकेको  हो ।

सम्बन्धित समाचार