Close This

सानालाई कार्बाही गरि तस्कर बचाउँदै डिभिजन वन कार्यालय

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-३१ गते   २१९० पटक हेरिएको

जिल्लाको लालबन्दी नगरपालिका ११ को रामजानकी सामुदायिक वनक्षेत्रबाट तस्करले चोरी निकासी गर्न लागेको काठ बरामद् गरेको सव डिभिजन वन कार्यालय सर्लाहीले गैर कानूनी रुपमा घाटगद्धी गरेको छ ।
सव डिभिजन वन कार्यालय र डिभिजन वन कार्यालयको घाटगद्धीमा नलगी सब डिभिजन वन कार्यालयका कार्यालय प्रमुख वेद कृष्ण साउको मौखिक निर्देशनमा फलेष्टर मिन कुमार चौधरीको घरमा घाटगद्धी गरेको पाईएपछि वन कार्यालय नै काठ तस्करहरुसंग मिलेको देखिएको हो ।
सव डिभिजन वन कार्यालय लालबन्दीका कार्यालय प्रमुख साउले यस अघिपनि पटक पटक जंगल क्षेत्रबाट तस्करहरुले निकासी पैठारी गर्न लागेको काठ बरामद् गरी जिल्लाका विभिन्न काठ चिरान मिलहरुलाई विक्रि वितरण गर्ने गरेको पाइएको थियो । केहीसमय पहिला जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले वनको जग्गा अतिक्रमण गरि बनाएको भवननिर्माण स्थलबाट ५ वटा काँचा सिसौका रुखहरुपनि सामुदायिक वनलाई डिभिजन वन कार्यालयलाई जानकारी नै नदिई ट्राफिक प्रहरी प्रहरी निरिक्षक सुर्य नारायण यादव र सव डिभिजन वन कार्यालयका कार्यालय प्रमुख साउ मिलेर रातारात कटान गरि निकासी गरेको पाइएको नन्देश्वर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष उद्धय बहादुर कार्कीले बताउनुभयो ।
डिसभजन वन कार्यालय,सामुदायिक वनर सम्बन्धीत अन्य व्यक्ति कसैलाई जानकारी नगराई यसरी रातारात रुख काटेर विक्रि वितरण गर्दा समेत डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मौन बस्नुले वन कार्यालयका कर्मचारीहरुकै मिलेमतोमा सर्लाहीमा वनजंगल विनाश भएको पुष्टि हुने लालबन्दी नगरपालिका १ का वडा अध्यक्ष पञ्चलाल स्यांवोले बताउनु भयो ।
गत जेठ २२ गते सामुदायिक वन क्षेत्रबाट बरामद गरिएको काठ सव डिभिजन वन कार्यालयका कार्यालय प्रमुख साउको निर्देशनमा  फलेष्टर चौधरीले घरमा लगेर सुरक्षित तरिकाले घाटगद्धी गरेको भएपनि डिभिजन वन कार्यालय काकार्यालय प्रमुख देव र सव डिभिजन वन कार्यालयका कार्यालय प्रमुख साउ मिलेर पलेष्टरलाई कार्बाही गर्ने तयारी गरेका पाइएको छ ।
आफुहरुले खोजेको वखत पाउने गरी  सव डिभिजन वन कार्यालय लालबन्दीका कार्यालय प्रमुख साउलाई घाटगद्धीका लागि काठ जिम्मा लगाइएको राम जानकी सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष कल्पना पाख्रिङले बताउनु भयो । तर सव डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख साउ मौखिक आदेश मान्य नहुने भन्दै कार्बाहीबाट पन्छीने दाउमा रहेका छन । 
आफुले पटकपटक सरुवा गरिदिन माग गरेको भएपनिसव डिभिजन वन कार्यालय लालबन्दीका कार्यालय प्रमुख साउले सरुवा हुन पनि नदिएको र  बरामद् गरिएको काठको मुचुल्कामा हस्ताक्षर नगरी आफुलाई जवरजस्ती हस्ताक्षर गर्न लगाएको  फलेष्टर चौधरीको गुनासो छ । कार्यालय प्रमुख साउको यस्तो व्यावहार देखेर आफु काम गर्न नसक्ने भन्दै पटक पटक सरुवा गरि दिन माग गरे पनि उनै कार्यालय प्रमुख साउले विभिन्न प्रपञ्च रचेर सरुवा हुन नदिएको फलेष्टर चौधरीको गुनासो छ ।
बरामद् गरिएको काठ सव डिभिवन वन कार्यालयका कार्यालय प्रमुख साउको मौखिक आदेशमा आफुले आफ्नो घरमा  लगेर राखेको भएपनि अहिले डिभिजन वन कार्यालयले आफुलाई मात्र कार्बाही गर्ने तयारी गरेको भन्दै फलेष्टर चौधरीले छानविन गर्न माग गर्नु भयो ।
डिभिजन वन कार्यालयले बरामद् काठको विषयमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । घटनाको विस्तृत जाँचबुझ गर्न अधिकृत स्तरको छानविन टोली गठन गरिएको डिभिजन वन कार्यालय सर्लाहीका डिभिजन वन अधिकृत माधव प्रसाद देवले बताउनु भयो । तर डिभिजन कार्यालय सर्लाहीले तल्लो तहका कर्मचारीमा मात्र छानविन गर्ने तयारी गरिनु शंकास्पद र लज्जास्पद रहेको वडा नम्बर ६ का वडा अध्यक्ष उज्वल कुमार कार्कीले बताउनुभयो ।
सव डिभिजन वन कार्यालय लालबन्दीका कार्यालय प्रमुख साउले आफुले मौखिक आदेश दिएको स्विाकार गरेका छन भने वनकी अध्यक्ष पाख्रिङले सव डिभिजन वन कार्यालय लालबन्दीको घाटगद्धीमा राख्ने गरि बरामद् भएको काठ पठाएको बताउनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech