Close This

रौतहटका दुई जनाको काठमाडौँमा परीक्षण गर्दा 'पोजेटिभ'

पत्र पत्रिका    प्रकाशित: २०७७-१-१६ गते   ३०४ पटक हेरिएको

रौतहटमा दुई जना व्यक्तिको काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा  गरिएको पीसीआर परीक्षणमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल गौरका अधिकृत महेश साहका अनुसार दुई जना पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।लकडाउनपछि चोर बाटो हुँदै नेपाल प्रवेश गरेका दुवैको स्वाबको नमूना परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । त्यहाँ नतिजा नेगेटभ देखाइए पनि आशंका लागेर पुनः परीक्षणका लागि काठमाडौँ पठाउँदा उनीहरुको नतिजा पाजेटिभ देखाएको साहले जानकारी दिए ।

अस्पतालका अनुसार देवाही बोनाही नगरपालिका वडा–१ का ३५ वर्षीय पुरुष कोलकाताबाट लकडाउनपछि चोरबाटो हुँदै नेपाल आएका थिए । जनकपुरमा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर जान दिइएको थियो । अहिले काठमाडौँमा गरिएको पीसीआर परीक्षणमा नतिजा पोजेटिभ आएपछि उनको सम्पर्कमा आएकाहरुको खोजी सुरु गरिएको छ ।

त्यस्तै, वृन्दाबन नगरपालिका वडा नम्बर–९ का २४ वर्षीय पुरुषमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । उनी पनि लकडाउनपछि भारतबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेका थिए । उनलाई भने चन्द्रपुरस्थित क्वारेन्टाइनमा राखिएको थियो ।रातोपाटी

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech