एमालेमा गएको हल्ला चल्न नपाउँदै कडा विज्ञप्ती,एकिकृत समाजवादी मै रहेको दाबी

4.9k Shares

  नेकपा (एमाले)मा प्रवेश गरेका भनि हल्ला चलाएको भोली पल्टै दुई जनाले आफुहरु प्रवेश नगरेको दाबी सहित विज्ञप्ती जारी गरेका छन् । सर्लाहीको हरिपुर नगरपालिकाका दुई जना सदस्यहरुले आफुहरु नेकपा(एकीकृत समाजवादी) मै रहेको दाबी गर्दै विज्ञप्ती जारी गरेका हुन ।
हरिपुर नगरपालिका नगर कार्यपालिका सदस्यद्वय सुनैना देवी चौधरी र लक्ष्मी कुवँरले हरिपुर नगरपालिकाकी उप प्रमुख रेणुका देवी काफ्लेले बिनाकुनै जानकारी  आफुहरुलाई झुक्याएर काठमाडौ लगी आफुसँगै नेकपा(एमाले)मा पार्टी प्रवेश गराएको र सो खवर विभिन्न सञ्चारमाध्यमहरुमा  प्रकाशन तथा प्रसारण भएको प्रति आफुहरुको गंभिरध्यानाकर्षण भएको भन्दै उनिहरुले विज्ञप्ति जारी गरेका छन् ।
एमाले विभाजन भई बनेको नेकपा(एकीकृत समाजवादी)पार्टीमा क्रियाशील रही काम गर्दै आइरहेको अवस्थामा उप प्रमुख काफ्लेले आफुहरुलाई २०७८ साल माघ ९ गते आइतवार ललाई,फकाई,झुठो कुरा गरि बर्दिबास घुम्न जाने भन्दै ब्यक्तिगत कामको बहाना बनाएर काठमाडौं लगेर निजले नेकपा एकिकृत समाजवादी छाडेर नेकपा एमालेमा प्रवेश गर्न लागेको र उनले आफुसँगै हामीलाई पनि जबर्जस्ती उपस्थित हुन दबाब दिएको कारण उपस्थित मात्र भएको तर विभिन्न संचार माध्यमहरुबाट हामी समेत एकिकृत समाजवादी छाडेर एमालेमा प्रवेश गरेको भन्ने समाचार सुन्दा आफुहरु अचम्मित लागेको उनिहरुले बताएका छन् । 
उनिहरुका अनुसार आफुहरुलाई सोध्दै नसोधी आफ्नो चरित्रहत्या गर्ने प्रयास गरेकोमा आफुहरुको ध्यानाकर्षण भएको कार्यपालिका सदस्यद्वय चौधरी र कुवँरद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।उनीहरु एमाले विभाजन पछि एकिकृत समाजवादीमा सक्रिय भएर लागेका थिए । विज्ञप्तीमा आफुहरुले एकिकृत समाजादी पार्टि परित्याग नगरेको र आउँदा दिनहरूमा समेत यसै पार्टीमा नै रहेर काम गर्ने समेत विज्ञप्तिमाफर्त प्रतिबद्धता जनाएका छन। उनिहरुले हरिपुर नगरपालिकाका नगर प्रमुख जमरुदिन मन्सुरलाई आफुहरु एकिकृत समाजवादी पार्टी मै रहेको दाबी गर्दै विज्ञपति बुझाएका छन् । 
नगर उप प्रमुख काफ्लेले हरिपुरका सबै जनप्रतिनिधि , प्रमुख प्रशासकीय अधिकृत लगायतका अन्य कर्मचारीहरुलाई अनावश्यक दुख दिने गरेको र त्यसो नगर्न आफुले पटक पटक आग्रह गरेको नगर प्रमुख मन्सुरले बताउनु भयो । उहाँका अनुसार आफुले सोकार्य नगर्न भन्दा नगर उप प्रमुख एमालेमा गएकी नगर प्रमुख मन्सुरको आरोप छ ।

सम्बन्धित समाचार