सर्लाहीका नदी तथा खोलाहरुमा मापदण्ड एवम प्रचलित ऐन तथा नीयम विपरित अवैध उत्खनन्

586 Shares

सर्लाहीको लालबन्दी नगरपालिका स्थित रहेको कालिन्जोर र फुलजोर खोलामा अवैध उत्खनन् भएको पाइएको छ।लालबन्दी नगरपालिकाले लालबन्दी नगरपालिका ६ स्थित रहेको कालिन्जोर खोला २० हजार छ सय ७५ घनमिटर उत्खन्न गर्न भन्दै साह ग्रुप अफ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि,बरहथवालाई रु ३९ लाख ७८ हजार सात सय ३० रुपैँयामा ठेक्का लगाएको र फुलजोर खोला आठ हजार सात सय ५७ घनमिटर उत्खनन् गर्न भन्दै बाँके ठाकुर निर्माण सेवा प्रा.लि.,ईश्वरपुरलाई १६ लाख ९५ हजारमा ठेक्का लगाएको जनाएको छ ।वर्तमान व्यावस्था अनुसार नदी जन्य पदार्थको उत्खनन् संकलन तथा बिक्रि वितरणको ठेक्का स्थानीय तहले लगाउने व्यावस्था भएपनि मापदण्डको पुर्ण रुपमा पालना गराउने काममा स्थानीय तहहरु चुकेका छन् ।
“ढुङ्गा,गिट्टी,बालुवा उत्खनन् तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७”एवम प्रचलित ऐन तथा नीयमको प्रक्रिया पुरा नगरी स्थानीय तहहरुले राजश्व संकलनलाई प्राथमिकता दिँदा प्रचलित ऐन तथा नीयम“आफु गर्छ आग्राको कुरा,उ गर्छ गाग्रको कुरा”भने झैँ भएको पाइएको हो ।
डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले सरोकारवाला निकायलाई जेठ २ गते १४९१ पत्र संख्याको बोधार्थ सहित पत्राचार गरेपछि लालबन्दी नगरपालिकाले कालिन्जोर र फुलजोर खोला“ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन् तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७” एवम प्रचलित ऐन तथा नीयमको प्रक्रिया पुरा नगरी ठेक्का लगाएको पाइएको हो ।
आर्थिक वर्षको अन्त्यमा हतार हतारमा नदीजन्य पदार्थको ठेकका लगाएको लालबन्दी नगरपालिकाले बैशाख २५ गते २०९४ पत्र संख्याको एउटा पत्र डिभिजन वन कार्यालय लालबन्दी सार्लहीलाई पठाएको तर त्यो पत्रमा नदीजन्य पदार्थको ठेक्का पट्टाको परिमाणको विवरण,ठेक्का सरकार कर्ताको विवरण,प्रयोग भएको मेसिनको विवरण र इजाजत,नदीजन्य पदार्थको ढुवानी गर्ने साधनको विवरणका साथै ठेक्का सम्झौता लगायतका कागजातहरु नपठाएको र “ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन् तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७” एवम प्रचलित ऐन तथा नीयमको प्रक्रिया पुरा नगरी ठेक्का लगाएको पाइएको भन्दै डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले सरोकारवाला निकायलाई पत्राचार गरेको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका सूचना अधिकारी एवम सहायक वन अधिकृत राकेश रन्जन दासले जानकारी दिए ।
उनका अनुसार लालबन्दी नगरपालिकाले कालिन्जोर र फुलजोर खोला ठेक्का लगाएको भएपनि नदीजन्य पदार्थको संकलन,उत्खनन् तथा विक्रि वितरण कार्यको ठेक्का व्यावस्था हुनुपुर्व नदीको वातावरणिय अवस्थाको प्राविधिक टोलीले स्थलगत निरिक्षण गरी तयार पारेको प्रतिवेदन अध्यायन पछि मात्र ठेक्का सदर गर्नुपर्ने,नदी जन्य पदार्थको उत्खनन् र संकलनको केन्द्र निर्धारण गरी सो अनुसारको सिमांकन(चिन्ह) वा शंकेत लगाई जिल्ला स्तरीय अनुगमन समितिबाट अनुगमन एवम निर्णय गराएपछि मात्रै नदीजन्य पदार्थ उत्खनन् र संकलनको कार्य गर्नुपर्ने,मेसिनको प्रयोग गर्नुपर्ने भएमा वातावारणीय अध्यायन प्रतिवेदन(आईईई)मा उल्लेख गरिएका सर्तहरु र सिमा भित्र रही नदीजन्य पदार्थको उत्खखन् तथा संकलन गर्नु पर्ने,विपद्को जोखिम र संवेदनसिल क्षेत्रमा मेसिनको प्रयोग गर्नु पर्ने भएमा जिल्ला विपद् व्यावस्थापन समितिको अनुमती लिनु पर्ने कानुनी व्यावस्था रहेको छ ।
“ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन् तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७”तथा प्रारम्भिक वातावारणीय परिक्षण प्रतिवेदन(आईईई)मा भएको व्यावस्था तथा मापदण्ड पुरा नगरी वन क्षेत्रबाट नदी जन्य पदार्थको उत्खनन् तथा ओसार पसारको काम गरिएको देखिएकाले“ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन् तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७”एवम प्रचलित ऐन,नीयमको प्रक्रिया पुरा नगरी नदीजन्य पदार्थ उत्खनन् तथा ओसार पसार र संकलन नगर्न आग्रह गर्दै पत्राचार गरिएको डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमद्ले जानकारी दिए ।
उनका अनुसार वन तथा वातावरण मन्त्रालय,मधेश प्रदेश,प्रदेश वन निर्देशनालय,मधेश प्रदेश,जिल्ला समन्वय समितिको कार्यालय सर्लाही,जिल्ला प्रशासन कार्यालय सर्लाही,जिल्ला प्रहरी कार्यालय सर्लाही,सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका साथै लालबन्दी नगरपालिका र सव डिभिजन वन कार्यालय लालबन्दी र घारीलाई जेठ २ गते १४९१ पत्र संख्याको बोधार्थ लेखेर त्यस प्रकारको कार्य तत्काल रोक्न भनिएको छ ।
यता,नदीजन्य पदार्थको ठेक्का लगाउने तथा अनुगमन गर्ने पुर्ण अधिकारी समबन्धीत स्थानीय तहहरुलाई रहेकाले आफुहरुले हस्तक्षेप गर्न नसक्ने जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहले बताए।उनका अनुसार नदीजन्य पदार्थको ठेक्का लगाउने काम स्थानीय तहको रहेकाले अनुगमन तथा नियमन पनि सम्बन्धीत स्थानीय तहहरुले नै गर्नुपर्छ ।
तर,कालिन्जोर र फुलजोर खोलामा निश्चित मापदण्ड र परिमाण तोकेर ठेक्का लगाइएको भएपनि सरोकारवाला निकाय लालबन्दी नगरपालिका मौन बस्दा ठेकेदार कम्पनीहरुले आफु खुसी मनोमानि तरिकाबाट“ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन् तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७”एवम प्रचलित ऐन,नीयमको प्रक्रियालाई लत्याएर नदीजन्य पदार्थ उत्खनन् गरि रहेका छन्,भने नदीजन्य पदार्थको उत्खनन् तथा ओसार पसारमा प्रयोग भएका सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएर सिधै जिल्ला समन्वय समितिको नाममा पत्र बनाएर पठाउने गरेको भएपनि ठेक्का लगाउने स्थानीय तहहरु मौन देखिँएका छन् ।
यता,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख,जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी,डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका अधिकारीहरुका साथै नगरपालिकाका कर्माचारीहरु र सव डिभिजन वन कार्यालय लालबन्दी र घारीका वन अधिकारीहरुले नदीजन्य पदार्थहरुको ठेक्का लागे लगतै काम सुरु गर्नु पहिलै नदीजन्य पदार्थको उत्खनन्,निकासी एवम पैठारी गर्ने ठेकेदारहरुसंग चर्काे कमिसन असुलेका समेत पाइएको छ ।जसका कारण ठेकेदार कम्पनीहरु निर्धक्क “ढङ्गा,गिट्टी,बालुवा उत्खनन् तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७”एवम प्रचलित ऐन,नीयमको प्रक्रियालाई लत्याएर आफुखुसी मनोमानि तरिकाबाट नदीजन्य पदार्थको उत्खनन् तथा निकासी  पैठारी गरि रहेका छन् ।
विभिन्न निर्माणका कामका साथै राष्ट्रिय गौरबका आयोजनाहरुको नाममा नदीजन्य पदार्थको उत्खनन् तथा निकासी पैठारीको ठेक्का लगाउने गरिएको भएपनि जिल्लामा सञ्चालित क्रसर उद्योगहरुमा ठेकेदारहरुले नदीजन्य पदार्थ सिधैँ पठाउँने गरेका भएपनि सरोकारवाला निकाय कमिसनको खेलमा मस्त रहेकाले देखेपनि नदेखेको जस्तो गरि रहेको जानकारहरुको आरोप छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को घ(६)को व्यावस्था,मधेश प्रदेश सरकारको आर्थिक ऐन २०७९ को दफा ७ “ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी २०७७ मा तोकिएको मापदण्ड र संघिय सरकारको “ढुंङ,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७”को धज्जी उडाउँदै जिल्लाका सञ्चालित क्रसर उद्योगहरुका साथै वन क्षेत्रमा नदीजन्य पदार्थ जाने गरेको भएपनि सरोकारवाला निकाय कानमा तेल हालेका बस्दा मधेश दिनप्रतिदिन मरुभूमिमा परिणत हुने जानकारहरुको चिन्ता छ । 
मापदण्ड एवम प्रचलित ऐन तथा नीयममा के छ ?
नदीजन्य पदार्थको ठेक्का पट्टाको परिमाणको विवरण,ठेक्का सरकार कर्ताको विवरण,प्रयोग भएको मेसिनको विवरण र इजाजत,नदीजन्य पदार्थको ढुवानी गर्ने साधनको विवरणका साथै ठेक्का सम्झौता,नदी जन्य पदार्थहरुको उत्खनन् स्थलमा सूचना बोर्ड राख्नु पर्ने,घाटगद्धी गरेको नदीजन्य पदार्थको प्रमाणित गर्नुपर्ने,नदीजन्य पदार्थको संकलन,उत्खनन् तथा विक्रि वितरण कार्यको ठेक्का व्यावस्था हुनुपुर्व नदीको वातावरणिय अवस्थाको प्राविधिक टोलीले स्थलगत निरिक्षण गरी तयार पारेको प्रतिवेदन अध्यायन पछि मात्र ठेक्का सदर गर्नुपर्ने,नदी जन्य पदार्थको उत्खनन् र संकलनको केन्द्र निर्धारण गरी सो अनुसारको सिमांकन(चिन्ह) वा शंकेत लगाई जिल्ला स्तरीय अनुगमन समितिबाट अनुगमन एवम निर्णय गराएपछि मात्रै नदीजन्य पदार्थ उत्खनन् र संकलनको कार्य गर्नुपर्ने,मेसिनको प्रयोग गर्नुपर्ने भएमा वातावारणीय अध्यायन प्रतिवेदन(आईईई)मा उल्लेख गरिएका सर्तहरु र सिमा भित्र रही नदीजन्य पदार्थको उत्खखन् तथा संकलन गर्नु पर्ने,विपद्को जोखिम र संवेदनसिल क्षेत्रमा मेसिनको प्रयोग गर्नु पर्ने भएमा जिल्ला विपद् व्यावस्थापन समितिको अनुमती लिनु पर्ने,चुरे संरक्षित ३६ वटा जिल्लाहरु भएर बग्ने नदीहरुमा उत्खनन् गर्न नपाईने,२०६७ साउन २१ गते चुरे क्षेत्र र चुरे संरक्षित जिल्लाहरुबाट ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा वितरण नगर्न सर्वाेच्च अदालतबाट महत्वपुर्ण आदेश जारी भएको,प्रारम्भिक वातावरणिय प्रभाव अध्यायन तथा मुल्यांकन गर्दा तीन फिट सम्म मात्रै नदीजन्य पदार्थको उत्खनन् गर्न पाईने भनिएको,सकेसम्म श्रमको प्रयोग गर्नुपर्ने भनिएको साथै दैनिक दुई सय ९६ घनमिटर वा ३० टिप भन्दा बढी नदीजन्य पदार्थ उठाउन नपाईने कानुनी व्यावस्था रहेको छ ।
“ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७”मा के छ ?
“ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७” अनुसार क्रसर संचालन गर्न दूरीको हिसाबले मापदण्ड निर्धारण गरेको छ। सो मापदण्ड अनुसार राजमार्गको राइट अफ वे बाट पाँच सय मिटर,खोला वा नदी किनारवाट पाँच सय मिटर,शिक्षण संस्था, स्वास्थ संस्था,धार्मिक,सांस्कृतिक,पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकायबाट दुई मिलोमिटर,पक्की पुलबाट पाँच सय मिटर,अन्तर्राष्ट्रिय सिमाबाट दुई किलोमिटर,वन,निकुञ्ज तथा आरक्षबाट दुई मिलोमिटर,घना बस्तीबाट दुई किलोमिटर,हाइटेन्सन लाइनवाट दुई सय मिटर,ऐतिहासिक ताल,तलैया,जलाशय र पोखरीबाट पाँच सय मिटर,चुरे पहाडको फेदीबाट एक हजार पाँच सय मिटर दूरीको मापदण्ड कायम गरेको छ ।
सर्वोच्च अदालतले“ढुंङ,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी(पहिलो संसोधन)मापदण्ड २०७८”स्वीकृत गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको दर्ता नं. १९/२–०३९/१/४ को प्रस्ताव मन्त्री परिषद् बैठक स.१/२०७९ मिति २०७९/१/१३ को मन्त्रिपरिषदको बैठकमा पेश वा मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा छलफल गरी पेशा गर्ने निर्णयलाई बदर गरि “ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७” नै कायम गरेको हो ।
“ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७”मा रहेको अनुगमन सम्बन्धी व्यवस्था,क्रसर उद्योगको लागि निर्धारित दूरीसम्बन्धी मापदण्ड,केन्द्रीय तहमा समन्वय संयन्त्रको व्यवस्थाल गायतका अन्य सान्दर्भिक विषयहरूमा समसामयिक संशोधन गर्न वाञ्छनीय भएकोले,नेपाल सरकारले देहायको मापदण्ड बनाएको छ।
जसमा“प्राविधिक टोली गठन सम्बन्धी व्यवस्था जिल्ला विपद् व्यवस्थापन समितिले तोके बमोजिम हुने,“घना बस्ती र वन क्षेत्रको दुई किलोमिटर,राजमार्गको पाँच सय मिटर दूरीभित्रको नदी,”भन्ने वाक्यांश हटाइएको छ।मापदण्डको दफा ४ को उपदफा (१३ क) मा गाउँपालिका वा नगरपालिकाले नदीजन्य पदार्थको संकलनका लागि नदीको धारमा परिवर्तन नहुने व्यवस्था मिलाई ड्याम वा तटबन्ध निर्माण गरी उन्नत प्रविधिको प्रयोगद्वारा रिभर माइनिङ गरी बालुवा प्रशोधन र बिक्री गर्ने कार्य सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्न सक्ने र(१३ ख)मा  आवश्यक अन्य व्यावस्था जिल्ला अनुगमन समितिले तोके बमोजिम हुनेछ।”भनिएको छ ।
“मापदण्डमा अन्यत्र जुनसकै कुरा लेखिएको भए तापनि प्रत्येक वर्षको असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन् गर्न पाइने छैन,बेमौसमी वर्षाका कारणले खोला वा नदीको बहाव औसत तहभन्दा बढी भएमा जिल्ला विपद् व्यवस्थापन समितिले उपदफा (१६) मा उल्लेख भएको अवधिभन्दा १५ दिन अघि वा पछिसम्मको अवधिमा उत्खनन् कार्यलाई निषेध गर्न सक्नेछ।“ढुंङ्गा,गिट्टी,बालुवा जस्ता साधारण निर्माणमूखी वस्तुहरुको उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी नीतिगत निर्देशन,समन्वय एवम सहजीकरणका लागि केन्द्रीय समन्वय तथा सहजीकरण समिति रहनेछ ।”
जुन समितिमा“संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव,प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,गृह मन्त्रालय,वन तथा वातावरण मन्त्रालय,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवहरुका साथै खानी तथा भूगर्भ विभागका महानिर्देशक,सम्बन्धित प्रदेशको वातावरण हेर्ने मन्त्रालयका प्रदेश सचिव,योजना तथा विकास सहायता समन्वय महाशाखाका सह सचिव र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सम्मीलित समिति गठन हुने“ढुंङग,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७”मा व्यावस्था रहेको छ तर सर्लाहीका कुनैपनि क्रसर उद्योगहरुले यस प्रकारको मापदण्ड पुरा गरेका छैनन्,भने सरोकारवाला निकाय मौन देखिएको छ ।जिल्लाका कुनैपनि खोलाहरुमा नदीजन्य पदार्थको उत्खनन्,निकासी तथा पैठारीको ठेक्का लागेपनि तीनै क्रसर उद्योगहरुले नदीजन्य पदार्थ लिने गरेका छन् । चुरे संरक्षित क्षेत्र अन्र्तगत रहेका ३६ वटा जिल्लाहरुमा सर्लाही समेत पर्ने गरेको भएपनि मापदण्डलाई लत्याउँदै क्रसर माफियाहरु र पर्यावरण विरोधीहरुले आफुखुसी सरोकारवाला निकायलाई आर्थिक प्रभावका साथै राजनैतिक दवावमा पारेर आफ्नो धन्दा चलाई रहेका छन् ।

सम्बन्धित समाचार