Close This

इश्वरपुर उद्योग बाणिज्य संघको प्रथम साधारण सभा सम्पन्न,अध्यक्षको निर्वाचन हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-११-२८ गते   २७१ पटक हेरिएको

          सर्लाहीको इश्वरपुरमा रहेको इश्वरपुर उद्योग बाणिज्य संघको प्रथम साधारण सभा सम्पन्न भएको छ ।विगत लामो समयदेखि तदर्थ समितिको रुपमा रहेको इश्वरपुर उद्योगा बाणिज्य संघको साधारण सभाबाट कार्य समिति चयन गर्ने भनिए पनि अध्यक्षको टुंगो लाग्न नसकेको तदर्थ समितिका समिति विन्दु साहले जानकारी दिनु भयो ।
अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेका कारण निर्वाचन प्रक्रियाबाट अध्यक्ष चयन गरिने भएको छ । अध्यक्षका दावेदार मनोक कुमार साह,रामचन्द्र साह,मिचिलेस यादव र नरेश साह उम्मेदवार रहेका छन्। भने ११ जना कार्य समिति मध्य १० जना साधारण सभाबाटै सहमतीको आधारमा टुंगो लागि सकेको कार्यक्रमका अध्यक्ष तथा इश्वरपुर उद्योग बाणिज्य संघका अध्यक्ष विष्णुहरी मैनालीले जानकारी दिनु भयो ।
११ जनाको कार्य समिति चयन गर्न आयोजना गरिएको  साधारण सभाले महा सचिवमा विनोद प्रसाद साह,उपा अध्यक्ष दुर्गा अधिकारी,कोषा अध्यक्ष सारदा मैनाली,सचिव सन्त कुमार राय लगायत आकाश कुमार यादव,प्रदिप कुमार साह,नविन कुमार सिलवार,नागेन्द्र  साह,रामनाथ साह र जितेन्द्र साह तेलीलाई सदस्यमा निर्विरोध चयन गरेको छ ।
भने अध्यक्ष चयनका लागि चैत्र ८ गते आइतबार निर्वाचन हुने इश्वरपुर उद्योग बाणिज्य संघले जनाएको छ ।
सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रमोख कुमार साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सांसद नीरा साह,पुर्व मन्त्री शम्भुलाल श्रेष्ठ,चन्द्र नगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महत्तो,उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार ज्योशी लगायतले विशिस्ट आतिथ्यता ग्रहण गर्नु भएको थियो । कार्यक्रममा इश्वरपुर उद्योगा बाणिज्य संघको क्षेत्रभित्र पर्ने सबै व्यापारी व्यावसायीहरुको उपस्थिीती रहनुको साथै विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको विशेष उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech