हरिपुरमा महतो र जि.स.स. सर्लाहीमा उपसचिव कार्कीले गरे हाजिर

93 Shares

सर्लाहीको हरिपुर नगरपालिकामा बुधबार नयाँ प्रमुख प्रशासकीय अधिकृत(उपसचिव) ओमप्रकाश महतो हाजिर भएका छन्।प्रमुख प्रशासकीय अधिकृत महतोलाई हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पञ्जियार,उप प्रमुख निलमदेवी राय यादव,हरिपुर नगरपालिकाका जनप्रतिनिधिहरुका साथै कर्मचारीहरुले स्वागत गरेका हुन । महतो सिरहाको धनगढीमाई नगरपालिकाबाट सरुवा भएर हरिपुर नगरपालिकामा हाजिर भएका हुन् ।
हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर कार्की सरुवा भई जिल्ला समन्वय समितिमा गएपछि महतो हरिपुर नगरपालिकामा हाजिर भएका हुन।जिल्ला समन्वय समिति सर्लाहीमा सरुवा भएका उपसचिव कार्की पनि जिल्ला समन्वय समिति सर्लाहीमा बुधबार नै हाजिर भएका छन् । 
जिल्ला समन्वय अधिकारीको रुपमा हाजिर भएका उप सचिव कार्कीलाई जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह,उप सभापति जितेन्द्र कुशवाहा लगायतले स्वागत गरेका हुन ।यस अघि मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जिल्ला समन्वय समिति सर्लाहीमा पनि काम गरि रहेका थिए ।लामो समयपछि जिल्ला समन्वय समिति सर्लाहीले समन्वय अधिकारी पाएको हो ।

सम्बन्धित समाचार