एकीकृत भन्सार कार्यालय आईसिपीका प्रमुख ढुंगाना कमिसनमा मस्त,तस्करहरु तसकरीमा व्यस्त

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-६-८ गते   ४१२ पटक हेरिएको

वीरगन्ज भन्सार कार्यालय एकीकृत जाँच चौकी आइसिपी र तस्करहरुको मिलेमतोमा पर्साका विभिन्न नाकाहरुबाट दिनदहाडै खुलेआम तस्करी भईरहेको पाइएको छ ।प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगाना र अधिकृत भरतमणि सापकोटाको मिलेमतामो न्युन विजकिकरणलाई बढावा दिएर तस्करहरुसंग मिलेर तस्करी भएको पाइएको हो ।उनीहरुको मिलेमतोमा पशुपति रोड क्यारियर,सुगम परिवहन,विक्रान्त रोडवेज र पवनपुत्र ट्रान्सपोर्टबाट आउने प्राय सामानहरूमा मात्र दैनिक करोडौं बराबरको राजस्व चुहावट भइरहेको छ।भारतबाट झिकाइएको मालवस्तुको भन्सार शुल्क निर्धारण गर्दा एक भाग सरकार एक भाग व्यापारी र एक भाग कर्मचारीले बाँडीचुँडी खाने नीति प्रमुख भन्सार अधिकृत ढुंगानाले बनाई दिएपछि भन्सार छलीका सामानहरु ओसार पसार गर्नेहरु खुसी भएका छन् ।
भन्सार अधिकृत ढुंगानाले कमिसन असुलेर तस्करहरुलाई सहजता प्रदान गरिदिएपछि खुन्खार तस्करहरु एकिकृत भन्सार कार्यालय आइसिपी क्षेत्रबाट नै ठूलो कारोबार गरिरहेका छन्। बेला बखत एउटै प्रज्ञापन बाट २÷३ वटा गाडी सम्म लैजाने सुविधाको पनि तस्करहरुले भरपूर उपभोग गरी रहेका स्थानीयको भनाई छ ।सेप्टेम्बर ९ तारीखमा युपी ७० एफ टी २५२५ नम्बरको ट्रकले हैदराबादबाट मकैको दाना लिएर वीरगन्ज भन्सारबाट प्रवेश गरी काठमाडौं सामान अनलोड गरेर सेप्टेम्बर १६ तारीख वीरगन्ज फर्कियो ।आईसिपीको बाटो प्रयोग गरी भारततर्फ जान खोज्दा सवारी साधन नम्बर इन्ट्री गर्न कम्प्युटरले स्वीकारेन। किन भने त्यही नम्बर भएको अर्को मकैको दाना भएको गाडी भन्सार यार्ड भित्र थियो ।२७ टन लोड भएको मकै दानाको त्यो गाडी तौल कम देखाई पास हुने तरखरमा थियो।
त्यसपछि होहल्ला भएपछि सशस्त्र प्रहरीले दुबै ट्रक पक्राउ गरेर फेरि अनुसन्धानको लागि एकिकृत भन्सार कार्यालय आईसिपीको जिम्मा लगायो ।एकीकृत भन्सार कार्यालय आईसिपीका सूचना अधिकारी रामचन्द्र ढकालले अरविन्द एग्रो सेन्टरको नाममा मकैको दाना लिएर आएका दुबै ट्रक नियन्त्रणमा रहेका र अनुसन्धान जारी रहेको बताए ।यसै गरी भारतको बरौनीबाट नेपाल आयल निगमले झिकाएको पेट्रोलियम पदार्थमा पनि व्यापक भन्सार महसुल चुहावट हुने गरेको पाइएको छ ।भन्सारमा खटेको सशस्त्र प्रहरीको टोलीले प्रज्ञापन पत्रमा उल्लेख गरेभन्दा बढी तेल बोकेको ट्यांकर आफ्नो नियन्त्रणमा लिएर तौल गराएपछि सो रहस्य बाहिरिएको हो ।बरौनीबाट ना ४ ख ३१५६ नम्बरको ट्यांकरले २१ हजार ७ सय लिटर पेट्रोल बोकेर नेपाल प्रवेश गरेको भएपनि भन्सारमा २० हजार लिटर मात्र घोषणा गरेको थियो।यी उद्धाहरणिय पात्रहरुबाट नै एकीकृत भन्सार कार्यालय आईसिपीका प्रमुख ढुंगानाको मिलेमतोमा राज्यको राजश्व चुहावट भएको प्रष्ट हुन्छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech