सर्लाहीमा क्रियाशिल पत्रकारहरुलाई भोर सर्लाहीले मास्क र स्यानिटाईजर सहयोग गरेको छ । आईतबार हरिवनमा एक अनौपचारीक कार्यक्रमको आयोजना गरी भोरका संस्थापक अध्यक्ष राजकुमार महतो, अध्यक्ष पँचु माझी मुसहर लगायतले नेपाल पत्रकार महासंघ शाखा सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीलाई ४० पोका मास्क र एक सय एमएलका ४० बोतल सेनिटाईजर सहयोग गरेको नेपाल पत्रकार महासंघ शाखा सर्लाहीका सचिव सुनिल कुमार ठाकुरले जानकारी दिनु भयो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको महामारीमा अग्रपंक्तिमा खटिने हुनाले पत्रकारहरुलाई महामारीबाट जोगाउनका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको भोरका संस्थापक अध्यक्ष महतोले बताउनु भयो । भोरका अध्यक्ष मुसहरका अनुसार दौंतरी संस्थाको सहयोगमा भोरले तत्काल कोरोना महामारीका बीच पनि अग्रपंक्तिमा खटिने पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत करिब ३ सय जनालाई मास्क, स्यानिटाईजर, फेस शिल्ड, चश्मा लगायत स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्न लागेको भोरले जनाएको छ ।
भोरले गतवर्ष पनि कोरोना महामारीका कारण आपतमा परेका गरिब, विपन्न, मजदुर लगायतलाई राहत सामग्री तथा गर्भवती, सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरेको थियो भने स्वास्थ्य सुरक्षा सामग्रीहरु समेत वितरण गरेको थियो । प्राप्त स्वास्थ्य सुरक्षा सामग्री सर्लाहीमा क्रियाशिल रुपमा खटिने पत्रकारहरुलाई सोमबारबाटै वितरण सूरु गरिने नेपाल पत्रकार महासंघ शाखा सर्लाहीका अध्यक्ष क्षेत्रीले बताउनु भयो ।
शनिबार जिल्ला सदरमुकाम मलंगवाको स्तुती सौम्या हेल्थ केयरका संचालक डा. गुणेश्वर झाले उपलब्ध गराएको ५ सय थान मास्क र स्यानिटाईजर भने महासंघका सचिव सुनिल ठाकुरले मलंगवा तथा आसपासका संचारगृह र पत्रकारलाई आईतबार बिहानै वितरण गरेका गर्नु भएको छ ।