यातायात व्यवस्था कार्यालय कलैया बाराका प्रमुख अविन्दर दासको असुलीले स्थानीय सेवाग्राही मारमा परेका छन् ।सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षार्थीमा सहभागीहरुसँग बिचौलियाहरु मार्फत चर्काे रकम असुलीमा कार्यालय प्रमुख दास संग्लग्न भएका स्रोतले जनाएको छ।
कार्यालय प्रमुख दासले कार्यालयका कर्मचारी सत्य नारायण साह,रघुनन्दन साह,कलाम हुसैन,सन्तोष कुमार सिंह सहित आशिष सिंह,भिखारी दास र अजय दासलाई विचौलियाको रुपमा प्रयोग गरी कार्यालय प्रमुख दासले चर्काे कमिसन असुली चलाएर सो वापतको चर्काे रकम मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय यादवलाई समेत बुझाउने गरेका स्रोतको दाबी छ।एक दिन सञ्चालन भएको परीक्षामै करिब २५ दे.खि २७ लाख सम्म रकम असुलेर प्रयोगात्मक परीक्षाको परिणाम बाहिर सार्वजनिक नगरि फेल भएका परीक्षार्थीहरुलाई पास गराउने काम हुने गरेको यातायात व्यवस्था कार्यालय बारा स्रोतले जनाएको छ ।
कमिसन असुल्न माहिर मानिएका कार्यालय प्रमुख दासले लिखित परीक्षाको प्रमुख मेकानिकल सुपरभाईजर सन्तोष कुमार सिंहलाई बनाएर प्रयोगात्मक परीक्षाको प्रमुख केन्द्राध्यक्षमा पनि उनैलाई बनाइने गरेको छ भने मुल्यांकन कर्ता पनि मेकानिकल सुपरभाईजर सिंहलाई नै राख्ने गरिएपछि कार्यालय प्रमुख दासको चर्काे असुली धन्दा रहेको रहस्य बाहिरिएको हो ।नियमानुसार कार्यालयको वरिष्ठ कर्मचारीलाई प्रयोगात्मक परीक्षाको प्रमुख बनाउनु पर्नेमा कार्यालय प्रमुख दासले भ्रष्टाचारको आन्तरिक पोल खुल्ने डरले कार्यालयका प्रायः कर्मचारीहरुलाई पाखा लगाई स्वयं कार्यालय प्रमुख दास, मेकानिकल सुपरभाईजर सिंह र खरिदार साहको योजना अनुसार यातायात व्यावस्था कार्यालय बारामा चर्काे असुली चलाएका छन् ।
एउटै व्यक्ति मेकानिकल सुपरभाईजर र लिखित तथा प्रयोगात्मक परीक्षाको प्रमुख र मुल्यांकनकर्ताको रुपमा खटिनु नै कार्यालय प्रमुख दासको मिलेमतोमा चर्काे असुली चलेको सहजै आंकलन गर्न सकिन्छ ।कार्यालय प्रमुख दासले आफु सर्लाहीको रहेको र श्रम तथा यातायात मन्त्री राय पनि सर्लाहीकै रहेकाले उनको आर्शिवाद रहेको बताउँदै अरु कसैले केही विगार्न नसक्ने दाबी गर्दै आएका यातायात व्यवस्था कार्यालय बाराका एक कर्मचारीले बताए।कार्यालय प्रमुख दासले मन्त्री रायलाई समेत ठूलो कमिसन बुझाउने गरिएकाले आफुलाई कुनै फरक नपर्ने बताउने गरेका पाइएको छ ।कार्यालय स्रोतका अनुसार“म भ्रष्टाचार गर्छु तर सो भ्रष्टाचार गरेको रकम म एक्लै खांदिन, तल देखि माथि सम्म हैसियत अनुसार भाग पु¥याउने गरेकोले मलाई केही हुदैन्।”कार्यालय प्रमुख दासले बताउने गरेका छन् ।
यता,सर्लाही क्षेत्र नम्बर २ प्रदेश सभा खबाट प्रदेश सभा सदस्य बनेका नेपाली कांग्रेस सलाहर््ी क्षेत्र नम्बर २ का सभापति समेत रहेका श्रम तथा यातायात मन्त्री राय मन्त्री भएदेखि नै भ्रष्टाचारमा लिप्त रहेका,पार्टीको अनुशासन विपरितका कार्यमा लागेका भन्दै नेपाली कांग्रेस सर्लाहीले उनलाई केही महिना पहिला स्पष्टिकरण पनि सोधेको थियो ।सर्लाही घरभएका यातायात कार्यालय बाराका प्रमुख दास,यातायात व्यवास्था कार्यालय महोत्तरीका प्रमुख राज किशोर साह, यातायात व्यावस्था कार्यालय रौतहटका प्रमुख जितेन्द्र किशोर गुप्ता,यातायात व्यवास्था कार्यालय सिरहा प्रमुख विरेन्द्र साह लगायत मधेशका आठ जिल्लाका यातायात कार्यालयहरु मध्य प्राय सबैमा सर्लाही घर भएकै कर्मचारीहरुलाई यातायात व्यवस्था कार्यालयहरुका कार्यालय प्रमुख बनाएर पठाईनुले मन्त्री रायको मिलेमतोमा चर्काे असुली चलेको प्रस्ट भएको छ ।
त्यस्तै,यातायात व्यवस्था कार्यालय बाराका प्रमुख दासले असुलेको रकम जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बाराका प्रमुख एवम प्रहरी निरीक्षक दिपक केसी,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशका प्रमुख एवम प्रहरी उपरिक्षक राजकुमार सिलवाल,जिल्ला प्रशासन कार्यालय बारा,श्रम तथा यातायात मन्त्रालयका मन्त्री राय,सचिव युवराज अधिकारी सहित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कायाृलय मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेल तथा मुख्यमन्त्री सतिश कुमार सिंह समेतलाई हैसियत अनुसारको भाग जाने गरेको कार्यालय स्रोतले जनाएको छ ।मधेश प्रदेशका सबै जिल्लामा यातायात कार्यालयहरु सञ्चालनमा रहेका र सबै कार्यालयहरुमा प्रमुख पठाउँदा तथा त्यहाँ कार्यरत रहँदा मन्त्री रायले चर्काे कमिसन असुल्ने गरेका मन्त्री राय निकट मानिसहरुले नै बताएका छन् ।