Close This

चार डिआइजीलाई पछि पार्दै पोखरेल एआइजी बढुवाका लागी सिफारिस

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-८-१६ गते   ३८५ पटक हेरिएको

नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागी सिफारिस हुनु भएको छ । सोमबार गृहमन्त्रालयका गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको वैठकले पोखरेललाई एआईजीमा बढुवाका लागी सिफारिस गरेको हो। एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था रहेको छ ।
महानगरिय आयुक्तको कार्यालय रानीपोखरी दरबन्दि भएका पोखरेल एसपीपछिका बढुवाहरुमा जम्प हान्दै विवादित बाटोबाट बढुवा भईरहने प्रहरी अधिकृतका रुपमा चिनिनु हुन्छ । एसपीबाट एसएसपी बढुवामा आफु भन्दा सिनियर ब्याचलाई समेत पछि पारेर बढुवा हुनु भएका पोखरेल डिआईजीमा पनि एकल बढुवा हुनु भएको थियो ।

ब्याचका डिआईजीहरु सहकुल बहादुर थापा, धिरजप्रताप सिह, रविन्द्र धानुक, उत्तमराज सुवेदी लगायतलाई पछि पारेर सोमबार भएको एआईजी बढुवाको सिफारिस पछि पोखरेललाई प्रहरी संगठनमा भावि आईजीपीका रुपमा पनि हेर्न थालिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech