सर्लाहीको ईश्वरपुर नगरपालिका १५ सोकनाहमा दाइजोका कारण आफ्नै श्रीमानबाट प्रताडित एक महिलाले न्याय पाएकी छन् । ईश्वरपुर नगरपालिका १५ सोकनाहमा दाइजोका कारण आफ्नै श्रीमानबाट प्रताडित एक महिलाले हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीको पहलमा न्याय पाएकी हुन ।
ईश्वरपुर नगरपालिका १५ सोकनाहकी अन्दाजी २६ वर्षिया सीता यादवलाई दाइजो नल्याएको भन्दै श्रीमानले पटक पटक शारीरिक तथा मानसिक यातना दिने गरेका थिए । दाइजो र अन्य थुप्रै सामाजिक कु–प्रथाले व्याप्त तराई मधेशमा महिलाले सजिलै न्याय पाउन त्यति सहज छैन् । झन् विपन्न र निम्न आयस्तर भएका महिलाले सजिलै न्याय पाउने परको कुरा भएपनि हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकीको पहलमा सीताले न्याय पाएकी छन् ।
सुदखोर मिटरव्याजी श्याम परदेशी लगायतलाई कानूनी कठघरामा ल्याउन कुनै समय महत्वपूर्ण भूमिका खेलेका नगर प्रमुख बुढाथोकीको नेतृत्वको टिमले दाइजोका कारण आफ्नै श्रीमानबाट प्रताडित ईश्वरपुर नगरपालिका १५ सोकनाहकी अन्दाजी २६ वर्षिया सीतालाई न्याय दिलाउन सफल भएको हो ।
हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकी,स्थानीय महिला अगुवा पद्मा मोक्तान,सरस्वती मिश्र (वाग्ले),जमुना पराजुलीलगायतको सहयोगमा ईश्वरपुर नगरपालिका १५ सोकनाहकी अन्दाजी २६ वर्षिया सीताले श्रीमानबाट अंश पाएकी छन् ।
२०७० सालमा सामाजिक रितिरीवाज अनुसारै स्थानीय मनोज यादवसँग सीताको विवाह भएको थियो । दाइजो नल्याएको भन्दै आफुलाई श्रीमान र घरपरिवारले दिनहूँ कुटपिट गर्नेदेखि सडकमा ल्याएर नाङ्गो बनाई आगो लगाउने सम्मको प्रयास गरेको र पटक पटक मानसिक तथा शारीरिक यातना दिएका सीताले बताइन् । श्रीमान र घर परिवारको अन्याय सहन नसकी आफु माइतीमा बस्न थालेको र श्रीमानसँग अंशको लागि कानूनी लडाई लड्न सुरु गरेको भएपनि कतैबाट साथ सहयोग नपाएर छटपटीमा परेको समयमा हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकीको घरमा आएर न्यायका लागि सहयोग गरिदिन आग्रह गरेको सीताले बताईन् ।
सीताका बुबा ईश्वरपुर नगरपालिका १५ सोकनाहका रामवृक्ष यादवका अनुसार आफ्नी छोरीको २०७० जेठमा स्थानीय मनोज यादवसँग परम्परागत रुपमा विवाह भएको थियो । सो समयको एउटा प्लाटिना मोटरसाईकल,दराज,पलङ,सोफा लगायतका सामान दाइजोको रुपमा दिएको भएपनि अहिले आफ्नी छोरीलाई विभिन्न बाहनामा यातना दिने गरेका सीताका बुबा रामवृद्धले कमलामाई मिडिया प्रा.लिलाई बताए ।
आफ्नो क्षमता अनुसार नै दाइजो दिएको भएपनि थप दाइजो मागेको र आफूले दिन नसकेपछि छोरीमाथि अत्याचार गर्न थालेको पीडित सीताका बुवा रामवृक्षले बताए । ।ज्वाईले छोरीमाथि गरेको अत्याचार सम्झनै नसक्ने खालको रहेको सीताका बुबा रामवृक्षको भनाई छ । उनका अनुसार न्यायका लागि जतिसुकै गरेपनि नसकेपछि अन्ततःछोरी सीतालाई लिएर हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकी भएको ठाउँमा आएको अहिले बुढाथोकी बाटै न्याय मिलेको हो ।
न्यायको लागि रामवृक्ष छोरी सितालाई लिएर २०७५ सालमा आफू भएको ठाउँमा आएको नगर प्रमुख बुढाथोकीले बताए ।‘कहींबाट केही सिप नलागेपछि रामवृद्ध छोरी सीतालाई लिएर म कहाँ आए । जतिवेला म मिटरव्याजीहरुको भण्डाफोर अभियानमा थिए । श्याम परदेशी जस्ता सुदखोर मिटरव्याजीलाई कानूनी कठघरामा ल्याउने र गरीब जनतालाई न्याय दिलाउने अभियानमा थिएँ ।’, नगर प्रमुख बुढाथोकीले कमलामाई मिडिया प्रा.लिलाई बताए ।
“हामीले रामवृक्षकी छोरी सीतालाई सकेको सहयोग गर्यौं र अहिले रामवृक्षकी छोरी सीताले न्याय पाउँदा हामीलाई पनि खुशि लागेको छ ।”नगर प्रमुख बुढाथोकीले बताए ।“तराई मधेशमा एउटी महिलाको विरुद्ध सिङ्गो समाज नै लाग्ने गरेको तितो अनुभव सुनाउदै ‘यहाँ एउटी महिलाले न्याय पाउन निकै गाह्रो छ । सिङ्गो गाउँ समाज नै पुरुषतिर लाग्छन् । धन्न हामीले पहल गर्दा हुन्छ कि भनेर लाग्दा सीताले न्याय पाईन् । आज सीतामात्रै हैन उनका बुवा खुशी छन् । पहिला त्यही न्याय माग्दा कुटाई खाईन्छ भनेर डराउनेहरु पनि अहिले तपाईले ठीक गर्नुभएको रहेछ अब हामीलाई पनि न्याय दिन नेतृत्व गरिदिनु पर्यो भनेर आउने गरेका छन् ।” नगर प्रमुख बुढाथोकीले बतए ।
सीतालाई न्याय दिलाउन आफूहरुले धेरै कष्ट भोग्नु परेको महिला नेतृ लामाले बताईन् ।“सीताले सजिलै न्याय पाउने अवस्था नै थिएन । न्यायको लागि हामी जाँदा पुरै गाउँले नै हामीमाथि आईलागेका थिए । सीताको न बिबाह दर्ता थियो न त नागरिकता । केही प्रमाण नै नभएपछि उनलाई मुद्धा जित्न सजिलो भएन । तर पनि हामीले निरन्तर प्रयास गरि नै रह्यौं फलस्वरुप सीताले न्याय पाईन् ।” नेतृ लामाले कमलामाई मिडिया प्रा.लिलाई बताइन् ।
तराई मधेशमा विवाह दर्ता,नागरिकता जस्ता कागजात नभएकै कारण एउटी पीडित महिलाले श्रीमानसंँग अंश दाबी गर्न नसकिरहेको अर्की महिला नेतृजमुना पराजुलीले बताईन् ।“बुहारीलाई बिबाह दर्ता गरी नागरिकता दियो भने सबै सम्पत्ति खाईदिन्छन् भन्ने मानसिकता तराई मधेशमा अहिले पनि रहेका कारण आज लाखौं बुहारीहरु नागरिकताबाट बञ्चित भएका छन् । त्यसैले छोरीलाई विहे अघि नै नागरिकता बनाईदिन अनुरोध छ ।” नेतृ पराजुलीले भनिन् ।
तराई मधेशमा छोरी र बुहारीलाई हेर्ने नजर र गर्ने व्यवहार नबदलिँदा सम्म जति नै कानून बनाए पनि यहाँका महिलाहरुले कानूनी राज्यको प्रत्याभूति गर्न नपाउने सीतालाई न्याय दिलाउन दिलो ज्यान दिएर लागि परेकी अर्की महिला नेतृ सरस्वती मिश्र(वाग्ले)को भनाई छ ।
दाइजो होस् या अन्य मुद्धामा थोरै महिलाहरुले मात्रै न्याय पाउने गरेका छन् । ती मध्ये सीता पनि एक रहेकी सामाजिक अभियान्ताहरुको भनाई छ । आफूले न्याय पाएकोमा खुसी व्यक्त गर्दै पीडित सीताले न्याय दिलाउन सहयोग गर्ने हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकीसहित महिला नेतृहरुलाई धन्यवाद दिईन् । श्रीमानबाट प्रताडित भएर न्यायको लागि भौतारिरहेकी आफुले नगर प्रमुख बुढाथोकी र महिला दिदीहरुको साथ नपाएको भए आफूले न्याय पाउने सम्भवना नै नरहेको पीडित सीताले बताईन् ।
सीताको घटनाबाट तराई मधेशका अरु महिलाले पनि पाठ सिक्नु पर्ने मिटरव्याजी अभियानकी मधेश प्रदेश संयोजक समेत रहनु भएकी वाग्लेले बताईन्।“कानूनी रुपमा बलियो हुनका लागि महिलाले सुरुमा विवाह दर्ता र नागरिकतालाई जोड दिनु पर्छ । नत्र त कुनै कारणले श्रीमानसँग अंश दाबी गर्नुपर्दा सीताले जस्तै समस्या भोग्नु पर्छ ।” महिला नेतृ वाग्लेको भनाई छ ।
त्यस्तै ढिलै भएपनि सीताले न्याय पाएकोमा खुशि लागेको जिल्ला समन्वय समिति सर्लाहीकी निवर्तमान उप सभापति समेत रहेकी महिला नेतृ पराजुलीले बताईन् ।उनले तराई मधेशमा छोरी बुहारीले दुःख पाउनुको प्रमुख कारण नै अशिक्षा भएको उल्लेख गर्दै “छोरीलाई पढाउनु भन्दा बिबाह गर्नु नै राम्रो हुन्छ भन्ने अभिभावकको सोच र चेतनाकै कारण धेरै छोरी र बुहारीले दुःख पाएका छन् ।त्यसैले छोरीलाई बिबाह गर्न हैन शिक्षा दिक्षा दिएर सक्षम बनाउन सोच्नु पर्ने बतईन् ।”
तराई मधेशमा छोरीको बिबाह गर्ने समयमा दाइजोलाई पहिलो प्राथमिकता दिने गरेका कारण अहिलेको समयमा पनि बुहारीहरुमाथी विभिन्न प्रकारका घटनाहरु समेत हुने गरेका छन् ।