Close This

ट्रकको ठक्करबाट ट्युसन पढ्न हिडेका विद्यार्थीको मृत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-४ गते   १३८४ पटक हेरिएको

सर्लाहीको  लालबन्दी नगरपालिका ९ स्थित पुर्व पश्चिम लोकमार्ग अन्तर्गत बस्तीपुर चोकमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
पूर्वपश्चिम लोकमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले ठक्कर दिदा ट्युसन पढ्न हिडेका  पैदल यात्री एक विद्यार्थीको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । 
 लालबन्दी नगरपालिका ९ स्थित जनज्योति माविमा कक्षा  ९ मा अध्यनरत चन्द्रनगर गाउपालिका १ का  अन्दाजी वर्ष १६ का दीपेन्द्र कुमार यादवलाई ट्रककले आज(सोमबार)बिहान करिब ५ बजे ट्युसन पढ्न जाने क्रममा ठक्कर दिएको र उनको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनु भयो । उहाँका अनुसार ट्रकले ठक्कर दिए लगतै हरिवन स्थित नमुना अस्पतालमा लगिएको भएपनि उनको मृत्यु भइृ सकेको अस्पतालले जनाएको हो ।
 ठक्कर दिने  ट्रक र चालक लालबन्दी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । भने शबmलाईे पोष्ट मार्टमका लागि जिल्ला अस्पताल मलंगवामा लगिएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech