माओवादी केन्द्र निकट ने.रा.क.स.मधेश प्रदेशको विस्तारित बैठक सम्पन्न

385 Shares

नेकपा(माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती मधेश प्रदेशको  विस्तारित बैठक जनकपुरमा सम्पन्न भएको छ।नेपाल राष्टिूय कर्मचारी संगठन निजामती  मब्धेश प्रदेशका अध्यक्ष विकु यादवको अध्यक्षता तथा माओवादी केन्द्र मधेश प्रदेश संसदिय दलका नेता एवम पुर्व मन्त्री भरत प्रसाद साहको प्रमुख आतिथ्यतामा मधेश प्रदेशको विस्तारित बैठक सम्पन्न भएको हो ।
संगठनको केन्द्रको सर्कुलर साथै प्रदेश र जिल्लाका गतिविधिहरुका साथै आगामी कार्य योजना तथा रणनीति बनाउने लगायतका विषयमा छलफल गरी विस्तारित बैठक सम्पन्न भएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती मधेश प्रदेश पार्षद शेखर खड्काले जानकारी दिए ।उनका अनुसार मधेश प्रदेशको विस्तारित बैठकमा आठै जिल्लाका अध्यक्षहरुले मधेशमा संगठन राम्रो भए पनि व्यवहारले अगाडि बढ्न नसकेको,मातृ पार्टी माओवादी केन्द्र र संगठनको नेतृत्वमा रहेका मानिसहरुले तल्लो तहका समस्यालाई ध्यान दिन नसकेका,तिनै तहको संगठन विच समन्वय अभावले काम गर्न समस्या भएको र कर्मचारीहरुको मनोवल बढ्न नसकेको लगायतका गुनासाहरु राखेका छन् ।
माओवादी केन्द्र निकटका जनप्रतिनिधिहरु बाटै  कर्मचारीसंग समन्वय नहुनुका साथै अमर्यादित व्यवहारको सामना गर्नु परेको,मातृ पार्टीका जनप्रतिनिधिहरुका साथै संगठनको नेतृत्वले आफ्नै संगठनलाई विश्वास नगर्दा काम गर्न समस्या भएको र जसका कारण संगठनमा धमिरा लाग्न थालेका कारण संगठनलाई गतिशिल बनाउन नसकिएको विस्तारित बैठकमा सहभागी भएका अध्यक्षहरुले गुनासो गरेका मधेश प्रदेशका अध्यक्ष यादवले बताए ।
उनका अनुसार संगठनको आन्तरिक विवादलाई आन्तरिक रुपमा छलफल गरेर समस्या समाधान गर्नु पर्नेमा बाहिर लगेर छताछुल्ल पार्दा संगठन संकटको घडीमा पुगेको जिल्ला अध्यक्षहरुको गुनासो रहेको छ ।संगठन विस्तार सुस्त हुनका साथै संगठन आन्तरिक विवादको दलदलमा फसेको साथै केन्द्रीय अध्यक्षमा देखिएको विवादले तल्लो तहहरुमा समेत काम गरि रहेका कर्मचारीहरुका साथै संगठन चलाउन समस्या भएको संगठनका केन्द्रीय अध्यक्ष अम्बा दत्त भट्टले बताए ।उनले संगठनको आन्तरिक विवाद करिब समाधान भई सकेको साथै “एक कार्यालय,एक संगठन” नीति बनाएर संगठन विस्तारको अभियानमा लागि परेको बताए ।
अधिवेशन भएर आएको आफुहरुको टिम र अन्य केही अमुक व्यक्तिहरु विच समानान्तर गतिविधि भएकोले समस्या सृजना भएको भएपनि अहिले करिब त्यो समस्या समाधान भई सकेकाले निराश नभई संगठन विस्तारमा लाग्न संगठनका सचिव विनोद चौधरीले आग्रह गरे ।उनले पुराना ऐन कानुनहरुमै आधारित भएर काम गर्नु पर्दा धेरै काम कार्बाहीहरु प्रभावित भएका साथै संघीय निजामती कर्मचारी ऐन नआएका कारण कर्मचारी समायोजन गर्नेदेखि परिचालन र व्यवस्थापन गर्न समस्या भएको समेत बताए ।

सम्बन्धित समाचार