सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलको बिदाई

175 Shares

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी शिवहरी पोखरेलको सरुवा भएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सर्लाहीमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत उपसचिव पोखरेललाई केही दिनअघि सप्तरीको डाक्नेश्वरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेपछि उनी सोमबार बिदा भएका छन् ।
करिब पाँच महिना पहिला सर्लाहीको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा आएका  पोखरेलले जिल्लामा भई रहेका गैर कानुनी कार्यमा चासो राखेपछि उनलाई सरुवा गरिएको स्रोतको दाबी छ ।सहायक प्रमुख जिल्ला अधिकारी पोखरेललाई प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया लगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरु,विभिन्न कार्यालयका प्रमुखहरुका साथै जिल्ला प्रशासन कार्यालय सर्लाहीका कर्मचारीहरुले माला तथा खादले सम्मन गर्दै बिदाई गरेका हुन।
सर्लाहीको ईश्वरपुर नगरपालिका ५ निवासी युवा उमेरकै उपसचिव पोखरेलले सर्लाहीका बजारहरुमा भई रहेको गैर कानूनी गतिविधिहरुका साथै नागरिकताहरुमा भई रहेको बद्मासीको कडा रुपमा निगरानी गरेका थिए ।उनी सहायक प्रमुख जिल्ला अधिकारी हुँदा नागरिकता सिफारिसमा शंका लागेका तथा समस्या देखिएका सवालहरुलाई अनुसन्धान गरी केही जनप्रतिनिधि हरुलाई समेत नियन्त्रणमा लिएर कानूनको दायरामा ल्याउने काम भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार