Close This

प्रहरीको फितलो अनुसन्धान,धैरै प्रमुख फेरीय तर मुद्धाको अनुसन्धान कसैले गरेनन् ः पीडित खड्का परिवार २ वर्षदेखि पीडित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-१ गते   ४३३ पटक हेरिएको

प्रहरीको फितलो अनुसन्धानका कारण एक निर्दाेष विगत  करिब २ वर्षदेखि पीडित भएका छन् । सवारी दुर्घटनामा संलग्न नभए पनि प्रहरीले दुर्घटना मुद्दा लगाए पछि एक निर्दाेष विगत करिब २ देखि पीडित बनेका हुन ।
लालबन्दी नगरपालिका २ जुट्पानीका थीरबहादुर खड्का प्रहरीको गलत अनुसन्धानका कारण विगत करिब २ वर्ष देखि पीडित बनेका हुन । इलाका प्रहरी कार्यालय लालबन्दीका तत्कालीन प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले गलत अनुसन्धान गरि आफुलाई  फसाएको पीडितको गुनासो छ । उनले आफ्नो सवारी साधन दुर्घटनामा संलग्न नरहेको आधार प्रमाण समेत पेस गरिरहँदा पनि प्रहरीले अनुसन्धान नै नगरी एक तर्फीरूपमा आफुलाई फसाएको पीडित खड्काको गुनासो छ ।


सर्लाहीमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी प्रमुख प्रहरी उपरिक्षक तीनजना परिवर्तन भई सक्दा पनि आफ्नो मुद्धामा चासो नदेखाएका पीडित खड्का परिवारले गुनासो गरेका छन् । ईलाका प्रहरी कार्यालय लालबन्दीमा पनि प्रहरी प्रमुख प्रहरी निरिक्षक सरुवा भएर अर्का प्रहरी निरिक्षक आई सकेका भएपनि आफ्नो मुद्धामा वास्तविक अनुसन्धानमा चासो नदेखाएका खड्काको आरोप छ । “विगत २ वर्ष देखि इलाका प्रहरी कर्यालय लालबन्दीमा तत्कालीन प्रहरी निरिक्षक(इन्स्पेक्टर)निर्मल थापाको गलत अनुसन्धानले फसेको गाडीलाई पनि विश्वकर्मा पूजाको शुभकामना छ । बाबाले यस्तोलाई चाडै सद्बृद्धि दिनुहोस । चाडै धनी हुने अभिलाषाले अरूलाई दुख नदिउन ।” असोज १ गते विश्वकर्मा पुजाको अवसरमा आफ्नो सवारी साधनको सम्झना गर्दै पीडित खड्का परिवारले आफ्नो सामाजिक सञ्जालमा यस्तो लेखेका छन् ।
“दुर्घटना गराएको मुख्य ट्याक्टर अर्कै रहेको खुले पनि इलाका प्रहरी कार्यालय लालबन्दीका तत्कालीन प्रहरी प्रमुख प्रहरी निरिक्षक थापाले कुनै सुनुवाइ नै नगरेको खड्काको भनाई छ । ती सवै आधार प्रमाण इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक थापा,जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी प्रमुख सन्तोष सिंह राठौर र त्यसपछिका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईलाई पेश गर्दापनि आफ्नो गुनासो प्रति उनीहरुले चासो नदेखाएका खड्का परिवारको गुनासो छ । जिल्लामा प्रहरी प्रमुख तीनजना आउनु जानु भयो,ईलाका प्रहरी कार्यालय लालबन्दीमा पनि दुई जना प्रहरी प्रमुख आउनु जानु भयो । पहिलाका प्रहरी निरिषक थापा र प्रहरी उपरिक्षक राठौरको सरुवा भएपछि आएका नयाँ प्रहरी प्रमुखहरुबाट आफ्नो मुुद्धाको विषयमा निस्पक्ष काम गर्नु हुन्छ होला भनेको उनीहरुले पनि चासो दिएनन् । ”पीडित खड्का परिवारको गुनासो छ ।
‘आफ्नो ट्याक्टर दुर्घटनाको दिन घरबाट ननिस्केको प्रमाण दिँदा पनि प्रहरीले मानेन,अर्को ट्याक्टरले दुर्घटना गराएको खुलिसके पनि प्रहरीले कुनै वास्ता गरेन,मुद्दा अदालतमा गइसकेको भन्दै प्रहरी निरीक्षक थापा र तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरिक्षक राठौर र त्यसपछिका प्रहरी प्रमुख प्रसाईले कुनै कुरो सुन्न नचाहेको पीडितको गुनासो थियो, वास्तविक दुर्घटना गराएको ट्याक्टर पनि नियन्त्रणमा लिन पनि प्रहरी लाचार बनेको उनिहरुको आरोप छ ।‘प्रहरीले अनुसन्धान गर्न नचाहँदा करिब २ वर्षदेखि कानुनी परिवन्धमा परेको छु, नखाएको विष मलाई लागेको छ।’खड्काले बताए ।
२०७७ कात्तिक १० गते नवलपुर मलंगवा सडक खण्डअन्तर्गत लालबन्दी नगरपालिका २ जुट्पानीमा ४ जना सवार प्रदेश–२–०३–००६ प ३७७० नम्बरको मोटरसाइकल तिब्रगतिका कारण ओरट्याक गर्ने क्रममा म्याजिक आएपछि अचानक ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको थियो। त्यसलगतै ट्याक्टर फरार भएको थियो। दुर्घटनामा स्थानीय १८ वर्षीय अंकुश पासवानको मृत्यु भएको थियो भने १८ वर्षीय निसान्त पासवान,२९ वर्षीय अंगद पासवान र २८ वर्षीय रितिक पासवान घाइते भएका थिए।
सवारी दुर्घटना भएकोे दुई दिनपछि पराल लोड गर्दै गरेको अवस्थामा खड्काको प्रदेश–२–०३–००१ त १२८२ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएर बहादुरी देखाएको थियो । तर दुर्घटना गराउने ट्याक्टर अहिले पनि खुलेआम हिडि रहेको पीडित पक्षको गुनासो छ ।
यता,जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेल र ईलाका प्रहरी कार्यालय लालबन्दीमा प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्ताराम कार्की आएपछि आफ्नो मुद्धाको विषयमा निश्पक्ष छानविन हुनेमा आफुहरु आशावादी भएको भएपनि उनिहरु आएको करिब ६÷७ महिना भइ सक्दा पनि आफ्नो सो विषयमा कुनै प्रकारको अनुसन्धान तथा प्रयास नगरेको खड्का परिवारको गुनासो छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech