नेपाल कृषि प्रधान देश हो । नेपालमा कृषकहरुको संख्या करिब ८३ प्रतिशत रहेको छ । तर कृषिमा आत्मनिर्भर हुनेको संख्या निकै कम देखिन्छ । नेपाल कृषिप्रधान देश भनियता पनि नेपालीहरु युवाहरु पछिल्लो समयमा कृषि पेशा छोडी वैदेशिक रोजगारीको सिलसिलामा बिदेश पलायन हुने गरेका छन ।
केही त्यस्ता युवाहरु पनि छन जो गरे यहि हुन्छ वा गरे के हुन्न भन्नेमा आफुहरु ठुक्क छन । तीनै युवाहरु मध्य उद्धाहरणीय युवाहरुले सर्लाहीको राजघाटमा व्यावसायीक रुपमा पशु पन्छी पाल्न सुरु गरेका छन । नेपाल मै छ पैसा किन जानू पर्यो बिदेश,नेपाल मै पैसा फलाएर देखाउछौ भन्ने सोचका साथ उनिहरुले अहिले करिब ६५ लाखको लागतमा “ चार घिमिरे दाजुभाइ पशु फार्म” सुरु गरेका छन ।
बाग्मती नगरपालिका ६ राजघाट पञ्चमुखी चोकमा उनिहरुले ४ विघा क्षेत्रफलमा आधुनिक तरिकाले फर्म बनाएर १ हजार लोकल कुखुरा,५३ वटा राँगा पाल्न थालेका छन भने माछा पाल्नका लागि पोखरी निर्माण गरि रहेका छन । अहिले लोकल कुखुरा र राँगा पाल्न सुरु गरेका छन भने माछा, बाख्रा खसी पाल्ने तयारी स्वारुप फार्म निर्माण गर्ने काम गरि रहेका फर्मका संचालक राम प्रसाद घिमिरेले बताए ।
बाख्रा पाल्नको लागि भनेर ६ बर्ष अघि देखिनै १ बिघा जग्गामा नर्सरी बनाइ विभिन्न प्रकारका डाले घाँस तयारी अवस्थामा पुगेको घिमिरेको भनाई छ । उनिहरुले आफ्नो बगैँचामा विभिन्न प्रजातिका फलफूल तथा अमुल्य जडिबुटी र लोप हुन लागेका बिरुवाहरु पनि लगाएका छन ।
mष्लष् शयय को रुपमा स्थापना गर्ने लक्ष्यका साथ उनिहरु तनमन लगाएर लागि परेका छन । सुरुमा खर्च रकम धेरै लाग्ने डर रहेको भएपनि विस्तारै त्यो समस्या समाधान भएको र आफ्नो फर्म हेर्न आउँने युवाहरु नेपाल मै बसेर केही गर्न सकिने रहेछ भन्ने मनसाय बनाएर फर्किने गरेका घिमिरेको भनाई छ ।
जिल्लामै एक नमुना फर्म निर्माण सुरु गरेर चारघिमिरे दाजु भाईहरुले प्रसंसनिय कार्य गरेका बागमती नगरपालिका ६ का वडा अध्यक्ष गोविन्द राईले बताउनु भयो । फर्म विस्तार गर्दै गएमा आफुहरुले सकेको सहयोग गर्ने वडा अध्यक्ष राईले बताउनु भएको छ ।