Close This

सर्लाही ४ बाट मधुमालाले दिईन स्वतन्त्र उम्मेदवारी,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-२५ गते   १५१३ पटक हेरिएको

सर्लाही निर्वाचन क्षेत्र न. ४ बाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा( माओवादी केन्द्र) नेता शिव पुजन राय यादवकी छोरी मधुमाला यादवले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन्।
गठबन्धनका उम्मेदवार नागेन्द्र यादवलाई जनताले स्विकार्न नसकेपछी संविधान सभा सदस्य शिव पुजनकी छोरी  अन्दाजी २६ वर्षकि मधुमालाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन।
मधुमालाले निर्वाचन आयोगको कार्यालय गोडैतामा आफ्ना समर्थनका साथ मनोनयन दर्ता गराएकाे बताईन् । शिवपुजनका छाेरा मधुमालीका भाई राजाबाबु यादव रामनगर गाउँपालिकाकाे अध्यक्षमा निर्वाचित भएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech