लालबन्दीका सबै वडामा सुधारिएको चुल्हो वितरण सुरु

559 Shares

सर्लाहीको लालबन्दी नगरपालिका का विभिन्न वडाहरुले स्वच्छ चुलो कार्यक्रम अनुसार विद्युतीय चुलो,तह तीनको सुधारिएको चुलो र घरायसी बायोग्याँसको प्रवद्र्धन गर्न भन्दै सुधारिएको चुलो वितरण सुरु गरेको छ। १७ वटा वडा रहेको लालबन्दी नगरपालिकाले प्रति वडा एक सय १५ वटाका दरले सुधारिएको चुल्हो विरण सुरु गरेको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले जानकारी दिए।उनका अनुसार २०८२ असारमा नगरबासीहरुसंग सुधारिएको चुल्हो वितरणका लागि आवेदन माग गरी सो आवेदनका आधारमा लाभग्राहीहरुबाट लागत साझेदारी प्रतिवद्धता सहितको लाभग्राहीको माग संकलन फारम भरी वितरण सुरु गरेको हो ।
तराईमा खाना पकाउन प्रयोग भईरहको परम्परागत ऊर्जा गुँईठा, दाउरा,कृषिजन्य अवशेष तथा आयातित इन्धनहरुको खपतलाई न्यूनिकरण गर्न आधुनिक तथा स्वच्छ चुलो,विद्युतीय चुलो,तह तीनको सुधारिएको चुलो र घरायसी बायोग्याँसको प्रवद्र्धन गर्ने लक्ष्य अनुरुप लालबन्दी नगरपालिकाका सबै वडाबामट प्राप्त भएको विवरणलाई बायोग्याँस निर्माणमा आवश्यक कामदार र निर्माण सामाग्रीहरु मध्ये ढुङ्गा,गिट्टी र वालुवा व्यहोर्ने प्रतिवद्धता वा बैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रबाट तोकिएको मुल्यको १४ प्रतिशत उपभोक्ता लागत सहभागिता व्यहोर्ने प्रतिवद्धता,वायोग्याँस उत्पादनका लागि आवश्यक न्यूनतम संख्यामा गाईवस्तु र प्लान्ट जडान गर्न आवश्यक जमिन उपलब्ध भएको प्रतिवद्धता लगायतका आधारमा सुधारिएको चुल्हो वितरण सुरु गरिएको लालबन्दी नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार बैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रबाट खरीद मुल्यको २३ प्रतिशत उपभोक्ता लागत सहभागिता व्यहोर्ने प्रतिवद्धता,कम्तिमा १५ एम्पियरको विद्युत मिटर जडान भएको वा १५ एम्पियरमा स्तरबृद्धि गर्ने प्रतिवद्धता,तह तीनको सुधारिएको चुलोको लागि बैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रबाट खरीद मुल्यको पाँच प्रतिशत उपभोक्ता लागत सहभागिता व्यहोर्ने प्रतिवद्धता सहित ठोस वायोग्याँस (दाउरा)उपलब्ध हुने वा खरिद गर्ने प्रतिवद्धता सहित परेका निवेदनहरुको आधारमा लाभग्राहीहरु छनौट गरी सुधारिएको चुल्हो वितरण गर्न सुरु गरिएको हो ।
सुधारिएको चुल्हो वितरणमा महिला घरमुली भएको परिवार,एकल महिला भएको घर ÷परिवार,विधुवा सदस्य भएको घर परिवार,आदिवासी वा सामाजिक रुपमा वञ्चित समूहमा पर्ने परिवार, अपाङ्गता भएका व्यक्ति सदस्य भएको र आर्थिक रुपमा विपन्न परिवार तथा यस अघि नगरपालिका तथा वडावाट बैकल्पिक उर्जा प्रविधि जडान नगरेको परिवारलाई प्राथमिकता दिई वडा समितिको निर्णयानुसार लाभग्राहीहरु छनौट गरि सुधारिएको चुल्हो वितरण सुरु गरिएको लालबन्दी नगरपालिकाले जनाएको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा लालबन्दी नगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बीच हरित जलवायु कोषको सहयोगमा सञ्चालित स्वच्छ चुलो कार्यक्रम अनुसार ५० थान चार घ.मी.को घरायसी बायोग्याँस प्लान्ट निर्माण र दुई हजार थान तह तीन को सुधारिएको चुलो वितरण गर्नु पर्ने भएको लाभग्राहीहरुले लागत सहभागिता वापतको रकम भुक्तानी गरी सुधारिएको चुल्हो प्राप्त गर्न पनि लालबन्दी नगरपालिकाले नगरबासीहरुमा आग्रह गरेको छ ।अगाडि नै सुधारिएको चुल्हो वितरण गर्ने नगरपालिकाले योजना बनाएको भएपनि जेन जी पुस्ताको आन्दोलनका क्रममा  नगरपालिकामा पनि ठूलो भौतिक क्षेती भएकाले पुन विवरण संकलन गर्नु पर्ने भएकाले केही ढिलो भएको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार