मनोकामना सहकारीको १६ औँ वार्षिक साधारण सभा सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-२१ गते   ४३ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले(आज) बुधबार आफ्नो १६ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । हरिवन नगरपालिका–१, भोक्टेनीमा संस्थाले नै सञ्चालन गरेको मनोकामना आवाशिय विद्यालय परिसरमा संस्थाको साधारण सभा सम्पन्न भएको हो । 
संस्थाका अध्यक्ष शम्भुलाल श्रेष्ठको सभापतित्व तथा हरिवन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खरुदेव चुँडालको प्रमुख आतिथ्यतामा संस्थाको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको संस्थाले जनाएको छ ।
साधारण सभाको अवसरमा बाल बचतमा प्रथम, द्धितिय र तृतिय हुनेहरु क्रमशः आकृष उप्रेतिलाई नगद रु १० हजार, कृश्चल ओम पोतेलाई नगद रु ७ हजार र सृजा श्रेष्ठलाई नगद रु ४ हजारका साथै प्रमाण पत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको संस्थाले जनाएको छ । त्यस्तै संस्थाका उत्कृष्ट बचतकर्ता दिवाकर पौडेल, नियमित तथा उत्कृष्ट तवरले ऋण तिर्ने उत्कृष्ट ऋणी संगिता पाठक र संस्थाका उत्कृष्ट कर्मचारी डिल्ली बहादुर पौडेललाई दोसल्ला ओढाई प्रंशसा पत्रसहित सम्मान गरिएको संस्थाका शेयर सदस्य तथा हरिवन नगरपालिका २ का वडा अध्यक्ष अर्जुन महतोले जानकारी दिनुभयो ।
सभामा संस्थाले गत आर्थिक वर्ष २०७७÷०७८ मा रु ३८ करोड ९५ लाख ७३ हजार ५ सय ९० रुपैयाँ ३४ पैसा कूल कारोबार गरी रु १ करोड ५६ लाख ४३ हजार ३ सय ७० रुपैयाँ ५६ पैसा खूद मुनाफा आर्जन गरेको संस्थाका प्रवन्धक सन्तोष पाण्डेले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech