Close This

२२ क्यूबिक फिट सालको काठ बरामद

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-८ गते   ३९४ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिबाट सालको काठ बरामद् गरिएको छ ।हरिवन नगरपालिका ६ घुर्कौलीबाट सोमबार सालको फल्ली बरामद् गरेको वन कार्यालयले जनाएको छ ।
हरिवन नगरपालिका–६ घुर्कौली स्थित कोइरीटोलबाट २२ क्यूबिक फिट सालको काठ बरामद् गरिएकोे सब डिभिजन वन कार्यालय मुर्तियाले जनाएको छ । सशस्त्र वन रक्षकका जमदार अमरबहादुर पाख्रीनका अनुसार आँप र बाँस घारीमा लुकाएर राखिएको अवस्थामा उक्त काठ बरामद् गरिएको हो ।
बरामद् गरिएको सालको काठ अन्दाजी रु ९० हजार बराबरको रहेको वन कार्यालयले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech