कांग्रेस र एमाले गठबन्धन सरकार धेरै टिक्दैन् : आजपा अध्यक्ष साह

370 Shares

नेपाली कांग्रेस र नेकपा(एमाले)बिचको गठबन्धनले नेपाली जनतालाई धोका दिएका आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम पूर्वमन्त्री प्रभु साहले आरोप लगाएका छन्।उनले यी दुई ठूला भनिएका दलले मतदातालाई धोका दिएका आरोप लगाएका हुन ।दीपावली तथा छठ पर्वको अवसरमा आजपा धनुषाले जनकपुरका आयोजना गरेको शुभकामना एवम भेटघाट कार्यक्रममा सहभागी भएका आजपाका अध्यक्ष साहले दलतन्त्र कमजोर भएपछि ठुला दुई दल कांग्रेस र एमालेले गठबन्धन गरेको समेत बताए ।
पछिल्लो निर्वाचनमा एमाले नेतृत्वमा छुट्टै गठबन्धन र कांग्रेसको नेतृत्वमा अर्को गठबन्धन रहेको भएपनि यी दुवै दलले नेपाली मतदातासँग मत माग्दा आफ्नै तरीकाले मत मागेका भएपनि कांग्रेस एमालेको गठबन्धनको सरकार बनाउँछौँ नभनि मतदातालाई झुक्याएका आजपा अध्यक्ष साहले बताए ।“अनैतिक गठबन्धन गरेपछि के यिनीहरूले मतदातासँग माफी माग्नु पर्दैन,भोट फिर्ता गर्नुपर्दैन ? एउटा दलालले जग्गा किनबेचको बैना लिन्छ तर किनबेच नभएपछि बैना फिर्ता गर्छ । यिनीहरू मतदाताको भोट फिर्ता नगर्ने कस्ता दल हुन ।”आजपा अध्यक्ष साहले भने,
कांग्रेस र एमालेको निर्वाचनमा छुटाछुटै गठबन्धन रहेको र यिनीहरुको कुनै बिचार,सिद्धान्त, रुपरंग केही पनि नमिल्ने भएपनि गठबन्धनको सरकार बनाएर भ्रष्टाचार लुकाउने सिद्धान्त मिलेको उनको आरोप छ।दलतन्त्र नेपालमा बर्बाद हुँदै गइरहेको बताउँदै आजपा अध्यक्ष साहले कांग्रेस र एमालेको अनैतिक गठबन्धनले दलतन्त्र नै कमजोर भएको बताए ।“दलतन्त्र नांगिदै गइरहेको हामी देखिरहेका छौं।दलतन्त्र कमजोर बन्दै गइरहेको छ।मतदाता, जनतालाई धोका दिने कांग्रेस र एमालेको अनैतिक गठबन्धनले दलतन्त्र कमजोर भएको हो।”आजपा अध्यक्ष साहले बताए ।
“दलतन्त्र कमजोर भयो,लोकतन्त्र कमजोर भयो।जनताका बिच कमजोर भएकाहरु मिल्नुपर्ने बाध्यता आयो।कांग्रेस एमाले गठबन्धनले जनाताका आवश्यकता,चाहना र विकास निर्माणका कुनै पनि काम गर्दैनन्।जनतामा निरासा छाएको छ।यो परिस्थितति आउनुमा कांग्रेस एमाले दोषी हुन ।”आजपा अध्यक्ष साहले भने,
कांग्रेस र एमालेको गठबन्धन केही नेताको सीमित स्वार्थका लागि भएको बताउँदै उनले यो गठबन्धनबाट कांग्रेस र एमालेकै नेता कार्यकर्ताहरु सन्तुष्ट नदेखिएको समेत बताए। जनतालाई दिनुपर्ने सेवा र सुविधा दिन नसकेको यो गठबन्धन सरकार धेरै दिन नटिक्ने आपजा अध्यक्ष साहले दाबी समेत गरे ।

सम्बन्धित समाचार