सोनाम ल्होसारको अवसरमा सर्लाहीमा विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु

337 Shares

सर्लाहीमा पनि धुमधामका साथ तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछार मनाइएको छ ।जिल्लाका तामाङ समुदायले शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम गरेर २८६१ औँ सोनामा ल्होसार पर्व हर्षोउल्लासपूर्वक मनाएका नेपाली कांग्रेसकी नेतृ सोनी कुमारी बम्जनले जानकारी दिईन।उनका अनुसार तामाङ समुदायको बाहुल्यता रहेको लालबन्दी,ईश्वरपुर,हरिवन र बागमती नगरपालिकामा सोनाम ल्होसारको अवसरमा विविन्न कार्यक्रम सम्पन्न भएका छन् ।
तामाङ बाहुल्य प्रत्येक बस्तीमा खुसी साटासाट गर्दै महान पर्व सोनाम ल्होसार पर्व मनाएका नेपाल तामाङ घेदुङ सर्लाहीका अध्यक्ष वुद्ध लामाले बताए।उनका अनुसार घेदुुङको विभिन्न नगर तथा गाउँ कार्य समितिले सोनाम ल्होसार पर्वको अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । 
तामाङ भेषभुषामा सजिएर अधिकांश सहभागी शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रममा सहभागी भएका छन्।सोनाम ल्होसारकै अवसरमा जिल्लाको हरिवन नगरपालिका ५,घुर्कौलीमा प्रथम घुर्कौली साँस्कृतिक महोत्सव बुधबारबाट सुरु भएको र बिहीबारसम्म चल्ने कार्यक्रम संयोजक सिंहलाल योन्जनले बताए।उनका अनुसार तामाङ समुदायको रहनसहन र सँस्कृति संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
जिल्लाको प्रमुख पर्यटकीयस्थल बागमती माछा पोखरी (भरत ताल) मा बिहीकार बृहत साँस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको बागमती नगरपालिकाका कार्यवाहक नगर प्रमुख कृष्ण कुमार लामाले जानकारी दिए।उनका अनुसार बागमती नगरपालिका ४ र १२ निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरी(भरत ताल)मा सोनाम ल्होसारको अवसरमा वर्षेनि बृहत साँस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिँदै आएको छ ।
पर्वका अवसरमा बागमती माछापोखरी(भरत ताल),बागमती वुद्ध स्तुपा,सर्लाही र रौतहटको सीमा नुनथर तथा सर्लाही जिल्लाभरका विभिन्न गुम्बामा बहिीबार दिनभर एक आपसमा खुसी साटासाट गरी पर्व मनाइएको छ।जिल्लाको बागमती र हरिवन नगरपालिकाले शुक्रबार पनि स्थानीय बिदा दिएका छन् । 

सम्बन्धित समाचार