सर्लाहीको लालबन्दी नगरपालिका १५ स्थित तल्लो चिसापानी तामाङ बस्तिका एक मानिस स्पाइनल कर्डको क्यान्सर भएका कारण विगत करिब नौ बर्षदेखि थलिएका छन् ।लालबन्दी नगरपालिका १५ स्थित तल्लो चिसापानी तामाङ बस्तिका भोज बहादुर वाईवा स्पाइनल कर्डको क्यान्सर भएका कारण विगत करिब नौ बर्षदेखि थलिएका हुन ।
विगत करिब नौ वर्षदेखि स्पाइनल कर्डको क्यान्सर भएर थलिएका वाईवाले आफ्नो बाँच्ने आशा मरिसकेको बताए । उनले आफु नबाँचे पनि आफ्ना दुई सन्तानको हेरचाह गर्ने जिम्मा कोही दयालु व्यक्ति वा संस्थाले लिई दिए आफुलाई ढुक्क हुने बताए ।
दुई साना केटाकेटी,दमको रोगी आमा र बैशाखीको सहारामा बाँचिरहेका बृद्ध बाबुसहित करिब ढल्नै लागेको घरमा बसि रहेका वाईवाको शरिरमा घाउँ भएर किरा पर्न थालेको छ । दिनरात पंखाको हावाले दुर्गन्ध हटाएर बाँचिरहेका वाईवाका छोराछोरीले बुवालाई डाईपर लगाउने पैसा समेत नभएको गुनासो गरे ।
अन्दाजी १२ बर्षकी छोरी र तीन बर्षका छोरा भएका वाईबाले आफ्नो उपचारमा करिव रु ९० लाख खर्च गरेको सुनाए । आफुलाई स्पाइनल कर्डको क्यान्सर जस्तो जटिल रोग लागेको र यसको उपचारको सम्भावना करिब नभएको भन्दै वाईवाले अब आफ्नो बाँच्ने आशा नभएको बताए ।
स्पाइनल कर्डको क्यान्सर भएर ओछ्यानमा ढलेका वाईवालाई श्रीमतीले पनि छाडि सकेकी र आफ्नो अवस्था दर्दनाक भएको सुनाए । १२ वर्षिय छोरीको साहारमा आफु बाँची रहेको वाईवाको भनाई छ ।
हाल कम्मरदेखि तलतिरको भाग कुहिएको अवस्थामा दिशा,पिसाब एकै ठाउँमा भएर बाँचि रहेका वाईवा एता उति पल्टिन र उठ्न पनि सक्दैनन् । घिन,लाज र डर केहि नमानी १२ बर्षकी छोरीले आफ्ना बुबाको हेरचाह गरि रहेकी छन् ।
विगत लामो समयदेखि ओछ्यानमा पल्टीएका वाईवाको घरमा खाद्यान्न,डाईपर किन्ने पैसा समेत छैन । आफुहरुको खाना र बुबाको हेरचाहमा मासिक करिब रु ३० हजार खर्च लाग्ने गरेको र साथीभाई र ईष्टमित्रसँग मागेर गुजारा चलाईरहेको वाईवले बताए ।आफुलाई भेट्न आउने आफन्त र ईष्टमित्रसँग चामल,दाल,तेल,नुन लगायतका खाद्य सामाग्री समेत माग्ने गरेको उनको भनाई छ । आफुलाई अहिले खानै र बाँच्नै सम्म मुस्किल पर्न थालेको भन्दै वाईबाले आफुलाई सकेको सहयोग गर्न अपिल गरेका छन् ।