चन्द्रनगर गाउँपालिका ३ मा आकस्मिक सुरक्षित आवास भवन सिलान्यास निर्माण सकिएको अर्काे भवन प्रयोगविहीन

774 Shares

शंखर पहाडी(गौरब) 
सर्लाहीको चन्द्रनगर गाउँपालिका ३,बडकुर्वामा आकस्मिक सुरक्षित आवास भवनको शिलान्यस गरिएको छ । संघीय सरकारका महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महिन्द्र राय यादवले चन्द्रनगर गाउँपालिका ३,बडकुर्वामा आकस्मिक सुरक्षित आवास भवनको शिलान्यस गरेका हुन ।
चन्द्रनगरको बडकुर्वामा यसअघि सडकमै एउटा आकस्मिक सुरक्षित आवास भवन निर्माण भई सकेको भएपनि संघीय सरकारको लगानीमा अर्को भवन निर्माण हुन लागेको हो । यसअघि निर्माण भएको भवन प्रयोगमा आउन नसकि रहेको अवस्थामा मन्त्री यादवले फेरी अर्काे भवन सिलान्यास गरेका हुन ।
यस अघिको निर्माण भएको भवन सार्वजनिक सडक मिचेर बनाएको र प्रयोगमा नल्याइएको भन्दै मन्त्री यादवले फेरि नजिकै अर्को भवनको शिलान्यास गरेका हुन् । चन्द्रनगर गाउँपालिका ३ बडकुर्वामा यसअघि बनेको भवन सडकमै बनेको छ भने निजी जग्गालाई प्रभाव पार्ने गरी सडकमै भवन बनाएको भन्दै अदालतमा मुद्दा समेत परेको छ । तर भवन निर्माण सकिएको भएपनि विभिन्न कारणले प्रयोगमा ल्याईएको छैन ।

सम्बन्धित समाचार