ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवास बाहिरिका मानिसले सञ्चालन गर्दै,प्र.नी.श्रेष्ठ कमिसनमा मस्त

414 Shares

सर्लाहीको इलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक मान प्रसाद श्रेष्ठ कमिसनको खेलमा लागेका स्थानीयको आरोप छ । प्रहरी निरिक्षक श्रेष्ठ ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासलाई बाहिरिका मानिसहरुको इसारामा चलाउने र कमिसनमा रमाउने गरेका पाइएको हो ।
आफ्नो इलाका क्षेत्रमा हुने गरेका दुर्घटनाहरुका साथै अन्य विभिन्न किसिमका झै झगडाहरुको छलफल तथा मिलापत्र गर्ने गराउने काममा उक स्थानीय महिलाले नै प्रहरी निरिक्षक श्रेष्ठको भुमिका निर्वाह गरि कमिसन समेत असुल्ने र उनले गरेको निर्णयलाई प्रहरी निरिक्षक श्रेष्ठले सदर गर्ने गरेका केही घटनाहरु बाहिरिएपछि प्रहरी निरिक्षक श्रेष्ठ कमिसनको खेलमा लागेका र ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवास बाहिरका मानिसहलाई चलाउन दिएका पाइएको हो ।
स्थानीय एक महिलाले ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासमा आउने घरायसी विवाददेखि जवरजस्ती करणी सम्मका घटनाहरुमा रु तीन लाख समम कमिसन माग गरेकी र कमिसन तीन लाख दिन नसक्दा हुँदै नभएको विषयलाई उचालेर अनावश्यक तनाव दिएकी एक पीडितले गुनासो गरे।त्यसपछि कमलामाई मिडिया प्रा.लिको टिमलले आन्तरीक रुपमा अनुसनधान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक श्रेष्ठ कुनैपनि छलफलहरुमा नबस्ने र तीनै महिलाको नेतृत्वमा एकजना सईलाई छलफल,मिलापत्र तथा दुर्घटनाहरु र कमिसन असुली गर्ने काम दिएका पाइएको हो ।
ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासको क्षेत्रमा हुने गैर कानुनी कार्यहरु,सो क्षेत्रमा सञ्चालित होटलहरुमा हुने देह व्यापारका साथै भन्सार छलिका सामानहरुको समेत ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक श्रेष्ठले तीन सई र महिला मार्फत कमिसन बुझ्ने गरेका एक प्रहरी अधिकारीले बताए ।जसका कारण नेपाल प्रहरी संगठनको नै बदनाम भएको ती प्रहरी कर्माचारीले बताए ।
दुर्घटना भएर घाईतेहरु अस्पतालको वेडमा जीवन मरणको दोसाँधमा रहेका भएपनि पीडित पक्षलाई कुनै कार्बाही तथा उनीहरुको उपचारका साथै क्षेत्रीपुर्तीको व्यावस्था गर्ने विषयमा पनि ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक श्रेष्ठ पञ्छिने गरेका छन् ।

सम्बन्धित समाचार