भदौ २१ गते लालबन्दीमा ब्याडमिन्टन प्रतियोगिता हुने

338 Shares

सर्लाहीको लालबन्दीमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ।निजामती कर्मचारी दिवश २०८२ को अवसरमा कर्मचारी मिलन केन्द्र सर्लाहीको आयोजनामा आगामी भदौ २१ गते शनिबार लालबन्दी नगरपालिका ६ स्थित ब्याडमिन्टन कभर्ड हलमा जिल्लास्तरीय पुरुष र महिला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको कर्मचारी मिलन केन्द्र सर्लाहीका अध्यक्ष एवम डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख एवम  डिभिजनल वन अधिकृत सन्तोष झाले जानकारी दिए ।उनका अनुसार प्रतियोगितामा संघ,प्रदेश र स्थानीय तह लगायत जिल्लास्थित विभिन्न संघ/ संस्थाहरु तथा वित्तीय संस्था अन्तर्गतका कार्यालयहरुमा कार्यरत कर्मचारी मात्र सहभागी हुन पाउने छन् ।

28-08-2025-68b074c821fc5-t.jpg
आयोजकले खेलाडीको नाम दर्ता गराउन भदौ २० गते शुक्रबारसम्म रु एक हजार दस्तुर तिरेर प्रतियोगितामा सहभागिता जनाउन पाईने व्यवस्था गरेको छ।जस अनुसार सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले कभर्ड हलको स्थलगत अवलोकन समेत गरेका छन् । निजामती कर्मचारी दिवस २०८२ को अवसरमा अन्य कार्यक्रम पनि हुने कर्मचारी मिलन केन्द्र सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार