Close This

बरहथवा १० बाट २ जना मानिस सहित अवैध काठ वन कार्यालयको नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-३ गते   ४०९ पटक हेरिएको

वनका कर्माचारीहरुले नियन्त्रणमा लिएको काठ र ट्याक्टर

सर्लाहीको बरहथवा नगरपालिका १० बाट वनको गस्ती टोलीले काठ सहित २ जनालाई पक्राउ गरेको छ । बरहथवा नगरपालिका १० स्थित रहेको न्यू जय विश्वकर्मा सःमिल तथा फर्निचर उद्योगबाट अवैध सालका काठ सहित २ जनलाई नियन्त्रणमा लिईएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।
डिभिजन वन कार्यालय सर्लाही,सव डिभिजन वन कार्यालय मुर्तिया र सव डिभिजन वन कार्यालय जानकीनगरबाट विषेश सूचनाको आधारमा खटेको वनको टोलीले अवैध साल जातको विभिन्न नाप/साईजका चिरान काठ सहित २ जनालाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय सर्लाहीका सूचना अधिकारी राकेश रन्जन दासले जानकारी दिनुभयो । उहाँका अनुसार  विभिन्न नाप/साईजका चिरान काठ मध्ये केही को २ त ८४९६ नम्बरको ट्याक्टरमा लोड भएको अवस्थामा र केही काठ सःमिलबाट बरामद गरिएको हो ।
पछिल्लो समयमा जिल्लाका विभिन्न वनहरुबाट वन कर्माचारीहरुको मिलेमतोमा व्यापक मात्रामा काठ तस्करी बढेको छ । शुक्रबार पक्राउ गरिएको काठको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech