यातायात कार्यालय जनकपुर दलेहरुको कब्जामा,कर्माचारीहरु कमिसन र घुसमा

133 Shares

यातायात व्यवस्था कार्यालय जनकपुरमा दलेहरुले मस्ती र कर्माचारीहरुले ब्रम्ह लुट मचाएका छन्।यातायात व्यवस्था कार्यालय जनकपुरमा दले र घुस विना कुनै सामान्य सिफारिस समेत नबन्ने गरेको पाइएको छ।सामान्यत सवारी चालक अनुमती पत्रको नविकरण गर्न तथा सवारी दर्ता किताबको राजश्व बुझ्न समेत दले समातेर कार्यालयका कर्माचारीलाई कमिसन दिनुपर्ने अवस्था रहेको एक सेवाग्राहीले गुनासो गरे ।

पछिल्लो समयमा मधेश प्रदेशका सबै आठै जिल्लामा यातायात व्यावस्था कार्यालयहरु स्थापना भई सकेका भएपनि यातायात व्यावस्था कार्यालय जनकपुरमा दले नसमाति कुनै सामान्य काम पनि नहुने गरेको पाइएको हो ।कुनै मोटरसाईकलको सवारी दर्ता किताब झुत्रो भएर प्रतिलिपि लिन गएका सेवाग्राहीले समेत विभिन्न वाहनामा सास्ती बेर्हाेनु परेको अर्का सेवाग्राहीले गुनासो गरे । सबै भन्दा बढी बद्नामी कमाएको यातायात व्यावस्था कार्यालय जनकपुरमा दर्जन बढी दलहरुको रजगज चलेको भएपनि कार्यालय प्रमुख उप सचिव वीरेन्द्र साह मौन देखिएका छन् ।

उनकै टेबुलमा समेत पुगेर दलेहरुले यातायात सम्बन्धी विभिन्न किसिमका काम गराउने गरेका र त्यसवापत उनलाई ठुलो रकम कमिसन जाने भएकाले उनी मौन बसेका स्थानीयले बताए । त्यति मात्र नभई यातायात व्यावस्था कार्यालय जनकपुरबाट चार पाङ्ग्रे सवारी साधनको सवारी चालक अनुमती पत्र रु ३५ हजार सम्ममा किनबेच हुने गरेको कार्यालय बाहिर भेटिएका एक दलले हाम्रो टिमलाई अनौपचारीक रुपमा बताए।अपरिचित भेषमा गएको हाम्रो टिमलाई उनले भने रु ३५ हजार लाग्छ तर अलिअलि मिलाउन सकिन्छ भै हाल्छ ।आउनु न समय मिलाएर भने पछि यातायात व्यावस्था कार्यालय जनकपुरमा खुलेआम रुपमा सवारी चालक अनुमती पत्र किनबेच हुने गरेको पाइएको हो । कार्यालय अगाडि विभिन्न फोटोकापि सेन्टरहरु सञ्चालन गरेर बसेका मानिसहरुले नै दलेको काम गर्ने गरेका र त्यँहीबाट कार्यालय प्रमुख साह सहित विभिन्न शाखाका कर्माचारीहरुलाई कमिसन पुग्ने गरेको पाइएको हो । शुक्रबार यातायात व्यावस्था कार्यालय जनकपुर पुगेको हाम्रो टिमले कार्यालय प्रमुख साहलाई कार्यालयमा नभेटेपछि अनौपचारीक रुपमा त्यहाँको चालचलनको बारेमा बुझ्ने काम गरेको थियो ।जसबाट सो कुरन पुष्टि भएको हो ।

नेपाल सरकारले सवारी दर्ता नविकरणमा अनिवार्य इन्स्योरेन्स गराउँनु पर्ने कानुन व्यावस्था गरेको भएपनि दलेहरुले रु पाँच सय देखि एक हजार सम्म लिएर इन्स्योरेन्स नगराई सवारी दर्ता किताब नविकरण गरिदिने गरेका अर्का एक सेवाग्राहीले बताए । कार्यालयको सम्बन्धीत फाँटमा पुगेका सेवाग्राहीलाई सो फाँटमा बसेका कर्माचारीहरुले पहिला बाहिर गएर फलानोलाई भेट्नुस अनि काम हुन्छ भन्ने गरेका समेत पाइएको छ । जसबाट यातायात व्यावस्था कार्यालय जनकपुरमा घुस तथा कमिसनको चर्काे खेल हुने गरेको छ भन्ने प्रष्ट भएको छ ।

मधेश प्रदेशको राजधानीका साथै प्रदेशका मन्त्रालयहरुको आँखै अगाडि यातायात कार्यालय जनकपुरले घुसपेठ तथा चरम कमिसनको खेल खेल्दा पनि मधेस प्रदेश सरकार,जिल्ला प्रशासन कार्यालय धनुषा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास मौन देखिएको सर्वसाधारणहरुले बताएका छन् ।

सम्बन्धित समाचार