मधेसका मसिहा ठान्ने दलहरूबाट मधेसी जनताको मुक्ति सम्भव छैनः माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

374 Shares

मधेशी र देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबैभन्दा बढी त्याग माओवादी केन्द्रले लडेको नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले बताए ।धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित सहिद परिवार सम्मान तथा जनभेटघाटमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले महिला,जनजाति,दलित,मधेसी,मुस्लिम र थारुलगायत उत्पीडित जनताको मुक्तिका लागि हजारौं सहिदले बलिदा गरेको र मधेसी जनताको मुक्तिका लागि एक हजार तीन सय मधेसी जनताका छोराछोरीले जनयुद्धमा बलिदान गरेको बताए।
मधेसी जनताको मुक्तिका लागि यति ठूलो बलिदान गरेको माओवादी केन्द्रकै विषयमा अनेकथरि भ्रम सिर्जना गर्ने प्रयास गरिएको बताउँदै माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले  अब यो भ्रमको पर्दा च्यातेर माओवादी र मधेसी जनताबीच दह्रो एकता कायम गर्ने प्रयास गरिएको समेत बताए।मधेसी जनताको मुक्तिका लागि मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेर मधेसी जनतामा जागरणको लहर ल्याउने र मधेस स्वायत्त जनसरकार मार्फत संघीयताको व्यवहारिक अभ्यास गर्ने,संविधानमार्फत संघीयत,समानुपातिक र समावेशी प्रतिनिधित्व स्थापित गर्ने,गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको रुपमा रामराजाप्रसाद सिंहलाई अघि सार्ने र मधेसको विकासका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने लगायत महत्वपूर्ण काम आफ्नै पार्टीले गरेको माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले दाबी गरे।
माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले अब आफूलाई मधेसका मसिहा ठान्ने दलहरूबाट मधेसी जनताको मुक्ति सम्भव नभएकाले मधेसमुक्तिको जिम्मा सम्पूर्णरूपमा माओवादी केन्द्रले नै लिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।पार्टीका सबै पदाधिकारी अहिले मधेसमा रहेको र मधेसी पोशाकमै प्रस्तुत भएको प्रसंग कोट्याउँदै यो पोशाक मात्रै नभई आफूहरुको मन पनि मधेसमा छ भन्ने विम्व भएको माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले बताए।

सम्बन्धित समाचार