स्टल बजार शुक्रबारबाट भत्काउंनु सुरु गर्ने

122 Shares

सिन्धुलीको कमलामाई नगरपालिकाले बजार क्षेत्रभित्र रहेका जिर्ण तथा जोखिमयुक्त स्टलहरू शुक्रबारबाट भत्काउँन सुरु गरिने भएकोे छ ।कमलामाई नगरपालिकाले एक सूचना जारी गर्दै शुक्रबार(आज)बाट जिर्ण स्टलहरु भत्काउँन सुरु गरिने जनाएको हो । नगरपालिकाले यसअघि पनि सूचना तथा माइकिङ मार्फत व्यवसायीहरूलाई जानकारी गराइसकेकोको भए पनि पुनः अन्तिम पटक सूचना जारी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीले बताए।

716690414_4717275518492901_5545590260154386904_n.jpg
उनका अनुसार  नगरपालिकाले जारी गरेको सूचनामा सम्बन्धित व्यवसायीलाई तोकिएको समयअघि आफ्ना स्टल खाली गर्न आग्रह गरेको छ।  तोकिएको समयभित्र स्टल खाली नगरेमा भत्काउने क्रममा हुन सक्ने क्षतिको जिम्मेवारी सम्बन्धित व्यवसायी स्वयंले व्यहोर्नुपर्ने उल्लेख गरिएको छ ।
स्टल बजारका केही संरचनाहरू अत्यन्त जीर्ण र जोखिमपूर्ण अवस्थामा पुगेकाले सम्भावित दुर्घटना रोक्न नगरपालिकाले यस्तो कदम चालेको नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले बताए ।उनका अनुसार नगरपालिकाको उद्देश्य कसैको व्यवसाय बन्द गराउने वा पीडा दिने नभई सुरक्षित र व्यवस्थित बजार निर्माण गर्ने रहेको छ।उनका अनुसार व्यवसायीहरूको पीडा,चिन्ता र भावनालाई सम्मान गर्दै मानवीय ढंगले यो प्रक्रिया अगाडि बढाइने छ ।

सम्बन्धित समाचार