हरिपुरमा स्वास्थ्य बीमा सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न

3.3k Shares

सर्लाहीको हरिपुर नगरपालिकामा जनप्रतिनिधिहरु तथा सरोकारवालाहरुबीच स्वास्थ्य बीमा सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
 नगरभित्रका जनप्रतिनिधिहरु,स्वास्थ्यकर्मीहरुका साथै अन्य सरोकारवाला निकायहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीतामा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको नगर स्वास्थ्य शाखा संयोजक विकाउ महत्तोले जानकारी दिनु भयो । हरिपुर नगरपालिकाकी उप प्रमुख रेणुका काफ्लेको अध्यक्षता तथा नगर प्रमुख जमरुदिन मन्सुरको प्रमुख आतिथ्यतामा नगरपालिकाको सभा हलमा कार्यक्रम भएको हो । 
स्वास्थ्य बीमा बोर्डको आयोजना तथा हरिपुर नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा  गरभित्रका जनप्रतिनिधिहरु,स्वास्थ्यकर्मीहरुका साथै अन्य सरोकारवाला निकायहरुका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागीता रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ । 
नेपाल सरकारले देशव्यापी रुपमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेपछि यसको महत्व,आवश्यकता,फाइदा लगायतका विषयमा जानकारी गराउने उद्धेश्य अनुरुप कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ ।

सम्बन्धित समाचार