Close This

गाउँपालिका अध्यक्षको निधनले पार्टीलाई अपुरणिय क्षेती पुग्यो ः मन्त्री सिंह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-२१ गते   ७१२ पटक हेरिएको

प्रदेश २ का महिला बालबालीका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहले सर्लाही रामनगर गाउँपालिकाका अध्यक्ष  कृष्ण प्रसाद बर्माको मृत्युले पार्टीलाई ठुलो क्षती पुगेको बताउनु भयो । नेपाली काङ्ग्रेस सर्लाहीका प्रभाबशाली तथा कुशल नेता रामनगर गाउँपालिकाका अध्यक्ष  बर्माको मृत्युले पार्टीलाई अपुरणिय क्षेती पुगेको उहाँले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष बर्माको काठमाडौं स्थित नेपाल मेडिसिटी अस्पतालमा यहि असार १९ गते राती उपचारको क्रममा मृत्यु भएको थियो । उहाँको आज सांस्कृत परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।
श्रद्धाञ्जली अर्पण गर्न सर्लाही आउनु भएका प्रदेश २ का महिला बालबालीका युवा तथा खेलकुद मन्त्री सिंहले आफुलाई आफ्नो अभिभावक गुमाएको प्रति निकै दुःख लागेको  बताउनु भयो ।
मन्त्री सिंहले गाउँपालिका अध्यक्षका परिवारजनलाई भेटी सान्त्वना दिनु भएको छ भने गाउँपालिका अध्यक्ष बर्माको पार्थिव शरीरमा माला चढाई श्रद्धाञ्जली अर्पण गर्नु भयो । श्रद्धाञ्जली अर्पण गर्न नेपाली काग्रेस सर्लाहीका सभापति लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको विशेष उपस्थिती रहेको मन्त्री सिंहका स्वकिय सचिव निकेश त्रिपाठीले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech