Close This

लक डाउन खुकुलो भएपछि भिडभाड बढ्यो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-२८ गते   ३४६ पटक हेरिएको


आइतबारबाट देशभरका बैंक तथा वित्तीय संस्था सञ्चालन भएपछि सर्लाहीका बजारमा चहलपहल बढेको छ । जिल्लाको लालबन्दी,हरिवन,बागमती,बयलवास,बरथवा,हरिपुर र जिल्ला सदरमुकाम मलंगवा लगाएतका बजारहरुमा चहलपहल बढेको हो ।

 सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेपछि आईतबार जिल्लामा ह्वात्तै चहलपहल बढेको छ ।

लकडाउन खुकुलो बनेपछि सर्लाहीका व्यापारिहरुले समेत पसलहरु धमाधम खोल्न थालेका छन् । यता साना सवारी साधन पनि चलन थालेको छ । सर्लाहीमा आईतबार सबै भन्दा बढी भिडभाड बैंकहरुमा देखिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech