कर्मैया आर्दशको अध्यक्षमा पुन पुडासैनी

314 Shares

सर्लाहीको बागमती नगरपालिका ११ स्थित कर्मैयामा रहेको कर्मैया आर्दशन जनता क्याम्पसको व्यवस्थापन समिति अध्यक्षमा पुन हरि प्रसाद पुडासैनी सर्व सहमत चयन भएका छन् । क्याम्पसको १३ औँ वार्षिक(प्राज्ञिक)भेला मार्फत क्याम्पस व्यवस्थापन समिति गठन गर्दा पुन पुडासैनीले अध्यक्षमा सर्वसहमत चयन भएका क्याम्पस प्रशासनले जनाएको छ ।क्याम्पस प्रशासनका अनुसार २०६७ सालमा स्थापना भएको क्याम्पसमा हाल एक सय ८२ जना प्राज्ञिक सदस्यहरु रहेका र एक सय ४६ जना विद्यार्थीहरु रहेका छन्।सामुदायिक क्याम्पसको रुपमा दर्ता भएको क्याम्पस मर्जिङ प्रक्रियाबाट मुक्त भएको क्याम्पस प्रमुख शंकर झाले बताए ।

उनका अनुसार आफ्नो आन्तरिक आयस्रोत नरहेको क्याम्पसले पछिल्लो समयमा आफ्नो व्यवस्थापकीय कामलाई प्राथमिकतामा राखेर काम गरी रहेको छ ।
पुडासैनीको अध्यक्षता तथा मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहाको प्रमुख आतिथ्यमा क्याम्पसको प्राङ्गणमा भएको १३ औँ वार्षिक(प्राज्ञिक) भेलामा बागमती नगरपालिकाका कार्यवाहक नगर प्रमुख कृष्ण कुमार लामा,बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रतित भण्डारी,शिक्षा समितिका संयोजक राज कुमार वि.क. र बागमती नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरुका साथै विभिन्न विषयगत समिति,विद्यालयहरुका प्रधानाध्यापकहरुका साथै अध्यक्षहरु तथा प्राज्ञित सदस्यहरुहरुको विषेश उपस्थिति रहेको थियो ।
क्याम्पसले पहिलो पटक स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)निर्वाचन समेत गरेको छ भने देशभरका धेरै क्याम्पसहरु मर्ज भई रहेको अवस्थामा मर्ज हुनबाट समेत जोगिएको छ ।

सम्बन्धित समाचार