Close This

सर्लाहीमा चट्याङ लागेर एक युवकको मृत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-३-१७ गते   १७२० पटक हेरिएको

जिल्लामा बिहीबार बिहान अचानक परेको चट्याङ लागेर १ जनाको ज्यान गएको छ भने २ जना घाईते भएका छन । खेत रोपाइ गर्ने क्रममा चट्याङ लागेर जिल्लाको बागमती नगरपालिका १० नयाँबस्तीका १८ बर्षिय छोटु पासवानको ज्यान गएको छ  भने सोहि ठाउँ बस्ने हिरा मुखियाकी श्रीमती कमला देबि मुखिया घाईते भएकी छन ।
बिहीबार बिहान ८ बजेको समयमा चट्याङ्ग लागेर बेहोस भएका पासवनलाई बरहथवाको धनवन्तरी अस्पतालमा उपचारको लागि लगिएको भएपनि उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणी पोख्रेलले जानकारी दिनु भयो ।
बागमती नगरपालिका ८  बस्ने सुनमाया बस्नेतको धान रोप्दै गर्दा अचानक परेको पानीसंगै आएको चट्याङ लागि पासवान र मुखिया गम्भिर घाईते भएका हुन। घाईते दुबै जना ब्यहोस भई उपचारको लागी बरहथवा तर्फ लगिाएको र पासवानको उपचारको क्रममा मृत्यु भएको प्रहरलिे जनाएको छ भने मुखियाको उपचार भई रहेको र अहिले अवस्था सामान्य रहेको सर्लाही प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्लाकोे बलरा नगरपालिकामा पनि बिहीबार बिहान चट्याङ्ग लागेर एक जना घाईते भएका छन । बलरा नगरपालिका १ बस्ने ३५ वर्षिय बरुण सहनी चट्याङ लागी घाईते भई उपचारको लागी भारतको सितामढी तर्फ लगिएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech